८ कार्तिक २०८३, आइतबार

ओलीको एउटै तयारीले झस्कियो कांग्रेस, देउवाका विश्वासपात्रले गरे…

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kp-Oli-1

काठमाडौं, ३० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले नै स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन गराउने प्रस्ताव एमालेको बैठकमा गरेपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस झस्किएको छ ।

एमाले केन्द्रीय कमिटिको सोमबारेको बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीको राजनीतिक प्रतिवेदनमाथि समूहका नेताले धारणा राख्ने क्रममा स्थानीय निर्वाचन गराउने प्रस्तावमा एकमतसमेत देखिएको हो ।

‘वर्तमानत सरकारको नेतृत्वमा तीनवटै तहको निर्वाचन सम्पन्न गर्ने गरी तयारीको कामलाई अघि बढाउने, तत्काल स्थानीय नियकाको निर्वाचन गर्ने ध्यान केन्द्रीत गर्ने’ ओलीको प्रतिवेदनमा भनिएको छ ।

कांग्रेसका सभापति शेरबहादुर देउवा निकट केन्द्रीय सदस्य बालकृष्ण खाँणले कांग्रेस पनि स्थानीय निर्वाचनको पक्ष्धर भएको बताए ।

यद्यपि, चुनावका लागि राष्ट्रिय सहमति जुट्नसपर्ने र त्यस्तो सहमति जुटाउन कमजोर धरातल भएको अहिलेको सरकारले नसक्ने उनको दावी छ ।  कारोबार दैनिकमा समाचार छ ।