३१ आश्विन २०८३, शनिबार

नाचौं सुपरस्टारको उपाधि जस्मिन नेवारलाई

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Butwal ka Sexy Ladyबुटवल । नाचौं सुपर स्टार २०७२ को विजेता स्टार बुटवल पब्लिक स्कुलकी जस्मिन नेवार भएकि छिन् । फाईनलमा जस्मिनले पाँच प्रतिस्पर्धीहरूलाई उछिनेर उपाधि जितेकी हुन् ।

प्रतिस्पर्धा बुटवलको कान्ति उच्च माविको प्राङ्गणमा भएको थियो । खैरनी देवदह, कोटिहवा, मुर्गिया, बुटवल ४ नं जितपुर का ४ सय ५० जना प्रतिस्पर्धीहरुको सहभागिताबाट पहिलो अडिसन सुरु भएको थियो ।

सेमराका न्यू सहारा गु्रप द्वितीय, भलवारी लिटिल प्याराडाइजका एलिसा र नेहा तृतीय, बुटवल क्यानन स्कुलकि सगुन र एलिसा चौथो र रुद्रपुर बुद्धदीप बोर्डिङ स्कुलकि सम्झना घर्तीमगर पाँचौ भएका छन् ।

विजेताले नगद रु १ लाख र अन्य थुपै्र आर्कषक पुरस्कार पाएकि छिन् । द्वितीयले नगद रु ५० हजार र तृतीयले नगद २५ हजारसहित आर्कषक पुरस्कार पाएका छन् ।