८ कार्तिक २०८३, आइतबार

भीआईपीकी छोरीको प्रेम सम्बन्धमा जब यसरी आयो ‘यू टर्न’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, ३० चैत । धनी बाउकी छोरीसँग गरिब केटाको प्रेम, केटीको परिवारद्वारा केटालाई अस्वीकार, अनि अनेक लफडा । यस्तै कथावस्तुमा आधारित भएर धेरै फिल्म बनेका छन् ।

तर, राजधानीमा एउटा यस्तै प्रेमसम्बन्धी घटनाले फिल्मी रुप लिएको छ । धनी बाउकी छोरीसँग प्रेम गर्दा दुई युवक चार दिनदेखि प्रहरी हिरासतमा छन् । नयाँबजार बस्ने समिक श्रेष्ठ र वनस्थली बस्ने सुमित तिमिल्सिना गत २५ चैतदेखि महानगरीय प्रहरी परिसर ललितपुरको हिरासतमा छन् । घटनामा प्रहरी जोडिएपछि घटना फिल्मी कहानीजस्तै बनेको छ । दृष्टि साप्ताहिकले समाचार छापेको छ ।

कथा सुमित तिमिल्सिनाबाट सुरू हुन्छ । उनको ललितपुर निवासी एक धनाढ्य परिवारकी छोरीसँग प्रेम सम्न्ध गाँसियो । केटीका परिवारले यो कुरा थाहा पाएपछि छुटाउन निकै प्रयास गरे । किनकि केटाको आर्थिक अवस्था राम्रो थिएन । तर उनीहरूको केही लागेन । कतिसम्म भने युवतीका परिवारले आफ्नो छोरीसँग टाढा भए केटालाई लाखौँ पैसा दिने प्रस्तावसमेत गरे ।

युवतीका काका सुधीर खत्रीले पनि प्रेम सम्बन्ध छुटाउने प्रयास गरे । खत्री नाम चलेका प्रतिष्ठित कम्पनीका कर्मचारी हुन् । उनले पनि प्रलोभन दिनेदेखि धम्क्याउने समेत काम गरे तर, पनि केही लागेन । युवतीका परिवार र तिमिल्सिनाबीच झन् विवाद बढ्दै गयो । तर दुईबीचको प्रेम फिल्ममा जस्तै गाढा थियो ।

पछिल्लो समय खत्रीलाई एनसेलका नम्बरहरूबाट धम्कीपस्र्ण फोन आउन थालेपछि घटनाले नयाँ मोड लियो । फोन गर्नेले आफूहरूलाई पाँच करोड रुपियाँ माग्दै धम्क्याउन थाले । पैसा नदिए अनेक पोल खोलिदिने भन्दै धम्की आयो । त्यसपछि उनले चिनजानका प्रहरीलाई खबर गरे ।

खत्रीका चिनजानका प्रहरी मुख्यालयको विशेष ब्यूरोमा कार्यरत थिए । ब्यूरोको काम आतंकवादी तथा संगठित अन्तर्देशीय अपराधसम्बन्धी अनुसन्धान गर्ने हो । तर ब्यूरोबाटै छानबिन गर्दा छिटो हुने भएकाले धम्की आएको टेलिफोन नम्बर पत्ता लगाएर ब्यूरोका अधिकारीले अनुसनधान अघि बढाए ।

धम्की आएको नम्बरसँग नयाँबजारका समिक श्रेठको कनेक्सन देखियो । कुनै आतंकवादीलाई पक्राउ गरेको शैलीमा उनलाई नियन्त्रयमा लिई उनमिाथ प्रहरीले छानबिन थाल्यो । उनले प्रहरीमा उक्त नम्बर आफ्नो साथी सुमित तिमिल्सिनाले प्रयोग गरेको बताएपछि घटनाको वास्तविक कहानी खुल्यो ।

आफूलाई धम्काउनेहरू भतिजीको ब्वाईफ्रेन्ड भएको अनुसन्धानमा खुल्यो । त्यसपछि ब्यूरोले तिमिल्सिनालाई पनि पक्राउ गरेको छ । खत्रीले ललितपुर प्रहरीमा जाहेरी दिए र दुवै जनालाई सार्वजनिक अपराध मुद्दामा अनुसन्धान गरिसकेको छ । पक्राउ परेका दुवै युवकका शारीरमा प्रहरी कुटाईका निलडाम छन् ।