८ कार्तिक २०८३, आइतबार

चीनले नेपालसँग किन राख्यो यस्तो सर्त ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

China-kerung-naka-1काठमाडौं, ३० चैत । चीनले आसपासमा सरकारी भवनबाहेक अन्य बस्ती नबसाउने सर्तमा तातोपानी नाका खुला गर्ने अनौपचारिक जानकारी सरकारलाई दिएको छ ।

परराष्ट्र मन्त्रालय उच्च स्रोतका अनुसार चीन सरकारका प्रतिनिधिले विभिन्न तहमा यस्तो जानकारी गराएका हुन् । तिब्बत सरकारले तातोपानीको विषयमा बेइजिङको निर्देशन आवश्यक पर्ने र त्यहीअनुरुप काम भइरहेको जानकारी सरकारलाई दिएको छ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

भूकक्पपछि चीनले खासास्थित आफ्नो भन्सार र अन्य कार्यालय हटाएको छ । चिनियाँ सेनाको एक टुकडी र अन्य सुरक्षा निकायले त्यो क्षेत्रको सुरक्षा भने दिइरहेका छन् ।

चीनले खासाको बजारलाई न्यालोममा लैजाने तयारी गरेको अनौपचारिक जानकारी दिएको छ ।

खासाबाट १५ किलोमिटर पर रहेको न्यालोम तातोपानीको सुख्खा बन्दरगाहबाट २७ किलोमिटर टाढा पर्छ ।