३१ आश्विन २०८३, शनिबार

वृद्धाले सुनाए भूकम्प कविता

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rudra-nidhi-tiwari
भूकम्प विषयक कविता सुनाउँदै चिती साहित्य समाज लमजुङका अध्यक्ष ७३ बर्षीय रुद्रनिधी तिवारी ।

– युवराज श्रेष्ठ
लमजुङ ।

आयो कम्प कछार, शैल चुचुरा हल्लाउँदै बेसरी
काम्यो त्यो निर्लज्ज, ताण्डव सरी खाँडो जगाए सरी

राईनास नगरपालिका ६ तिनपिप्लेका माृतका प्रसाद खनालले बेशाख १२ को भुकम्प संझेर लेखेका कविता हरफ हो यो । स्थानिय शैलपुत्री उमाविमा नेपाली विषयका शिक्षक ५६ बर्षिय खनालले बैशाख १२ को भुकम्प शिर्षकको कवितामा अर्को हरफ यसरी लेखेका छन् ।

खाना छैन र छानु खै ? महलका त्रिपालमा वैरिए
ठुला हो ! अभिमान तोड धनका, तिम्रा महल भत्किए

कवि खनालले मात्र होईन, सोमबार बेसीशरहमा झण्डै दुई दर्जन कवि/कवियत्रीले भुकम्पले दिएको पिडा र त्यसपछि हालसम्म पिडितको अवस्थालाई केन्द्रमा राखेर लेखिएका कविता सुनाए । कविता मार्फत उनिहरुले पिडितलाई सरकार र दातृ निकायले राहतको नाममा गरेको व्यवहारमा समेत व्यङ्ग्य गरे ।

बेसीशहरमा स्थापना भएको सामुदायिक रेडियो मस्र्याङ्दीको १० औँ बार्षिकोत्सब एवं पहिलो बेसीशहर महोत्सबको अवसरमा आयोजना गरिएको वृद्ध– वृद्धा कविता प्रतियोगितामा कवि/कवियत्रीहरुले मार्मिक कविता सुनाएका थिए ।

प्रतियोगितामा राईनास ६ तिनपिप्लेका मातृका प्रसाद खनाल पहिलो, चिति साहित्य समाज लमजुङका अध्यक्ष दोस्रो र बोराङका पशुपतिनाथ न्यौपाने तेस्रो भएका छन् । उनिहरुलाई नगदका साथ आकर्षक पुरस्कार बैशाख १ गते विशेष कार्यक्रममा प्रदान गरिने रेडियो मस्र्याङ्दीका निर्देशक मिना गुरुङले बताईन् ।

बैशाख १२ को भुकम्प शिर्षकमा गरिएको प्रतियोगितामा ५० बर्ष नाघेका वृद्धाहरुलाई मात्र सहभागिता गराईएको थियो । कविता सुनेर बसेका रेडियो मस्र्याङ्दी संचालक समितिका अध्यक्ष धर्मराज श्रेष्ठले कविता मार्फत भुकम्पले दिएका पिडा महशुष गरेको बताए । उनले भने, सरकारले गरेको व्यवहारलाई पनि कविताले व्यङ्ग्य गरेको छ ।

बेसीशहर महोत्सब मुल समारोह समितिका संयोजक कृष्णजंग गुरुङले लमजुङ सहित्य, कला र लोकसंस्कृतिमा धनि रहेको बताए । वृद्ध/वृद्धाहरुले कवितामा देखाएको जोशले युवा पुस्तालाई समेत आकर्षित गर्ने उनको भनाई छ ।

प्रतियोगितामा साहित्यकार रुपिन्द्र प्रभावी र मस्र्याङ्दी बहुमुखी क्याम्पसका प्राध्यापक शालिग्राम अधिकारीले निर्णायकको भुमिका निभाएका थिए । कार्यक्रमको संचालन रेडियो मस्र्याङ्दीको साहित्य सरोबर कार्यक्रमका प्रस्तोता तेजनारायण अधिकारीले गरेका थिए ।