– विजय थापा
वाशिंगटन डिसी । नेपाली चलचित्र ‘प्रेम गीत’ डिसी महानगर क्षेत्रको भर्जिनियामा प्रदर्शन भएको छ । यही चलचित्रको लागि कलाकार सरोज खनाल नेपालबाट आएका छन् ।
झन्डै एक महिनाको अवधिसम्म अमेरिकाको बसाइँमा रहने नायक सरोज खनालले डिसीमा चलचित्र प्रदर्शन गर्नु अगाडि दर्शकलाई यो चलचित्रमा आफ्नो छोरीसंग आएर हेर्नु पर्थ्यो भने ।
सरोजले विशेष गरेर यो फिल्म १७ देखि २० वर्षका किशोरीहरुले हेनुपर्ने बताए । यस चलचित्रमा दुई वटा पिंढीको भूमिका रहेको भन्दै आफूले पहिलो पिढीको भूमिकामा खेलेको बताए ।
उनले भने, ‘यो चलचित्र मनोरञ्जन पूर्ण छ र दर्शकलाई मज्जा लिनुस ।’ चलचित्र हेरेपछि प्रतिक्रिया दिन उनले सबैलाई आग्रह गरेका छन् । ‘चलचित्र प्रेम गीत हेर्दा चित्त बुझेन भने थप्पड हाने पनि हुन्छ’, सरोजले भने ।
‘म चलचित्र मन्दिर बाहिर हुन्छु’भन्दा डिसी महानगर क्षेत्रका दर्शकमा एक छिन् हाँसो छाएको थियो । किनकी सरोज खनाल यहि क्षेत्रमा दुई दशकसम्म बिताएका थिए । कसैलाई उनले बिझाएका छैनन् ।
उनले अगाडि भने डिसी बाहेक अन्य १०–१२ वटा शहरमा चलचित्र ‘प्रेम गीत’को प्रदर्शन हुने जानकारी दिए ।
चलचित्र हेर्न आएका दर्शकले लामो समयपछि यस्तो चलचित्र हेर्न पाएको, कथा वस्तु राम्रो, छायांकन राम्रोको साथै चलचित्रको अधिकांस पाटो हाँसो र मनोरञ्जनको संगम रहेकोले चित्त बुझेको बताए ।
चलचित्र हेर्न बुवाआमा, छोराछोरी, कलाकार, बिभिन्न पेसामा संलग्न दर्शकहरुको साथै बालबच्चाहरु पनि लिएर आएका थिए ।
चलचित्रको छायांकन नेपालको जोमसोम, कागवेनी लगायत अन्य मनोरम क्षेत्रमा गरिएकोले दर्शकले आनन्द मानेका थिए ।
अर्जुन पोखरेललेको संगीत रहेको चलचित्रका गीतहरुमा स्वरुपराज आचार्य, सुगम पोखरेल, अन्जु पन्त लगायतका स्वर रहेको छ ।
सुदर्शन थापाको निर्देशनमा तयार भएको चलचित्रलाई सन्तोष सेनले निर्माण गरेका हुन् । चलचित्रमा प्रदीप खड्का, पूजा शर्मा, सरोज खनाल, लक्ष्मी गिरी, रुपा राणा लगायतका कलाकारहरु रहेका छन् ।















प्रतिक्रिया