१ कार्तिक २०८३, आइतबार

महिलामा लागेको यौनरोग यसरी थाहा पाउन सकिन्छ ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dr. Super K. C.

– मनोज खतिवडा

यौनरोगमा विशेषगरी के बिचार गर्नुपर्ने हुन्छ भने यदि आफ्ना यौनाङ्गहरूमा कुनै किसिमका घाउ, खटिरा, विमिरा इत्यादि आउन थालेभने, पिसाब अत्यन्त पोल्ने र यौनअङ्गबाट पिपजस्तो पदार्थ बग्न थाल्योभने तुरुन्त उचित उपचारका लागि स्वास्थ्य केन्द्र जानुपर्छ । माथि उल्लेखित लक्षणहरू नै यौनरोगका प्रारम्भिक लक्षणहरू हुन् । अन्य यौनरोगको प्रकोप उच्च रहेका देशहरूमा जस्तै न्यून स्वास्थ्य चेतना नेपाली समाजमा यौनरोग लाग्नुको प्रमुख कारण हो । सुरक्षित यौनसम्पर्कको अभ्यासपनि हाम्रो समाजमा न्यून नै छ । सुन्दा सामान्य लाग्ने तर यौनरोगको प्रमुख कारणहरूमध्ये कण्डमको सहज उपलब्धता नहुनुपनि हो । कतिपय अवस्थामा मान्छेहरू यौन सम्बन्धमा साहस देखाउने लहडलेपनि यौनरोगको प्रकोप बढीरहेको छ ।