काठमाडौं, २८ चैत । सरकारले ठमेल, दरबारमार्गलगायत पर्यटकीय क्षेत्र वरपर आवागमनमा अवरोध पुग्ने गरी सार्वजनिक स्थलमा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्न निषेध गरेको छ ।
पर्व मनाउने नाममा शान्तिसुरक्षा र सवारी आवागमनमा अवरोध पुग्ने गरेको निष्कर्ष निकाल्दै महानगरीय प्रहरी र काठमाडौं जिल्ला प्रशासन कार्यालयले आम सर्वसाधारणको आवागमनमा अवरोध पुग्ने गरी कुनै पनि संस्कृतिक कार्यक्रम, भोजभतेर, होहल्लालगायतका गतिविधि गर्न रोक लगाएको हो ।
काठमाडौंका विभिन्न पर्व समारोहबाहेक अंग्रेजी तथा नेपाली नयाँ वर्षमा ठमेल, दरबारमार्ग, लाजिम्पाट, नयाँसडकलगातका स्थान पर्यटकका लागि मनोरञ्जन लिने क्षेत्र मानिन्छ ।
व्यवसायीहरुले पनि यही मौका छोपी होटल रेष्टुराँबाहेक सार्वजनिकस्थल ओगटेर हरेक वर्ष सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आएका छन् । कारोबार दैनिकले समाचार छापेको छ ।
काठमाडौका प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीले शान्तिसुरक्षामा प्रत्यक्ष वा अप्रत्यक्ष असर पुग्ने गरी कसैलाई पनि सार्वजनिकस्थलमा कार्यक्रम सञ्चालन गर्न नदिइने बताए ।















प्रतिक्रिया