काठमाडौं । अभिनेता रमित ढुंगानाले बारम्बार झुटको खेती गरिरहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई देखाइदिने चेतावनी दिएका छन् ।
नेपालमा जन्मेका गौतम बुद्धलाई आफ्नो देशमा जन्मेको भनेर मोदीले बेला बेला झुट बोलिरहन्छन् । त्यो झुटले आजित अभिनेता रमितले आगामी फिल्म ‘बुद्ध बर्न इन नेपाल’बाट मोदीलाई बुद्ध नेपालमै जन्मेको प्रमाणित गराउन लागेका हुन् ।
भारतको दाबीलाई मेटाउदै गौतम बुद्ध नेपालमै जन्मेका हुन् भन्ने विश्वव्यापी सन्देश दिन यो फिल्म निर्माण गरिएको उनले बताए ।
आफै निर्माता रहेको यो फिल्म आगामी जेठ ७ गते रिलिज हुने र यसले विश्वभर रहेको भ्रम चिर्ने उनको विश्वास छ । ‘यो फिल्मले गौतम बुद्ध नेपालमा जन्मेको सन्देश दिनुको साथै राष्ट्रियताको बिषयमा पनि वकालत गर्नेछ,’ उनले भने ।
हेर्नुस् नायक रमितसँग पत्रकार बैकुण्ठ पराजुलीले गरेको बिशेष अन्तर्वार्ता भिडियोमाः
















प्रतिक्रिया