३० आश्विन २०८३, शुक्रबार

के गोपाल भण्डारीमात्रै हुन त ‘घुस्याहा’ डीआइजी ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gopal-bhandari

राधाकृष्ण देउजा / समाचार टिप्पणी

नेपालको एक मात्रै अन्तराष्ट्रिय विमानस्थल सुरक्षाको प्रमुख हुने भनेको ठूलो जिम्मेवारी सम्हाल्नु हो । त्यहाँ खटिने प्रहरी अधिकृतको एक गल्ती वा लापरवाहीले मुलुकको इज्जत धरापमा पर्छ भने निज अधिकृतको व्यवसायिक जीवन समाप्त हुनसक्छ । सिद्धान्ततस् चुनौतिपूर्ण जिम्मेवारी वहनमा सफलता मिल्दा त्यसले उज्यालो सम्भावनाको ग्यारेन्टी पनि गर्छ । तर, हाम्रो मुलुकको अनुभव भने अलिक फरक रहेको पाइन्छ । चुनौतिपूर्ण जिम्मेवारी वहन गर्न नसक्दा केहि कहिले कारवाही त भोगेका छन् तर चुनौतिपूर्ण जिम्मेवारी सफलतापूर्वक वहन गरेकोहरुले पुरष्कृत हुन भने शक्तिकेन्द्रको आशिर्वाद समेत पाउनुपर्ने विडम्वना छ।

अहिले नेपाल प्रहरीका डीआइजीपी गोपाल भण्डारीलाइ विमानस्थलमा कार्यरत रहँदा आर्थिक चलखेल गरेको आरोपमा निलम्वन गर्न अख्तियारले आदेश गरेको खवर आएको छ। आरोप उपर छानविन हुँदै रहेकोले उनी दोषीनै छन् वा निर्दोष छन भनेर भन्न सकिन्न र भन्नु हुदैन, तर यति जरुर भन्न सकिन्छ कि त्यहाँ खटिएर गएर देशको इज्जत दाउमा राखेर भएपनि सकेको दाम कमाएकाहरु मध्यका केही आज पनि नेपाल प्रहरीमा शानले जागिर खाइरहेका छन् । यथार्थमै भ्रष्ट खोज्दै अख्तियार अगाडि वढ्यो भने त्यस्ताहरुको पनि एक दिन निलम्वन हुने पालो पक्कै आउला । यद्धपि यहाँ चर्चा भने नराम्रो गर्दा कारवाहीको पहल भएजस्तो राम्रो गर्नेहरुको वैज्ञानिक मुल्यांकनको थालनी पनि हुनुपर्छ भन्ने विषयमा गर्न खोजिएको हो । केही समय अगाडि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा मजाकको विषय भएको थियो, एक पछि अर्को काण्ड भैरहेका थियो । तत्कालिन समस्याग्रस्त अवस्थाको विमानस्थल सुरक्षा सुधारको जिम्मेवारी वढुवाको पर्खाइमा रहेका डीआइजी यादव अधिकारीलाइ दिइएको थियो । उनले छोटो समयमै विमानस्थलको सुरक्षामा देखिने हिसावले सुधार ल्याएका थिए, जनस्तरमा सर्वत्र प्रशंसा कमाएका पनि थिए । विडम्वना सवै हिसावले काविल हुँदाहुँदै पनि उनको नाम वढुवा सूचीमा परेन, चुनौतिको सामना गरेर मात्रै हुँदैन, शक्तिको पुजा पनि गर्नुपर्छ भन्ने देखियो ।

त्यतिमात्रै हैन, राम्रो काम गरिरहेका अवस्थामा उनको सरुवा भयो, जानकारी अनुसार वढुवा सिफारिसमा अन्याय भएको हुनाले कानुनी सहायता खोज्दै हिंडेको हुनाले उनको सरुवा भएको हो । विमानस्थल सुरक्षा प्रमुखको रुपमा कार्यरत रहंदा गलत गरेको भन्ने आरोपमा डीआइजी गोपाल भण्डारीलार्इ निलम्वन सिफारिस भएको अवस्थामा धेरैको मनमा एउट़ा प्रश्न जवर्जस्त आएको हुनुपर्छ, ू आखिर राम्रो गरेका भनिएका डीआइजी यादव अधिकारीले पनि अपमान वाहेक के नै पो पाउन सकेका छन् र रु ू आशा गरौँ डीआइजी गोपाल भण्डारीको विषयमा न्यायोचित ढंगले छानविन होस, उनले सफाई दिने पनि भरपुर मौका पाउन र गल्ती गरेका रहेनछन भने उनलार्इ माफी मिलोस । साथै,, अख्तियारले प्रहरीको बर्दीको आडमा भ्रष्टाचार गरेका र गर्दै रहेकाहरुको पहिचान गरेर उनीहरुलाई पनि न्यायको कठघरामा ल्याउन सकोस । अन्तमा यो पनि आशा गरौँ कि आफ्नो व्यवसायिक जीवनमा देश र जनताको सेवामा पटक पटक चुनौतिपूर्ण जिम्मेवारी सम्हालेर सफल भएका डीआइजी यादव अधिकारी अनि उनीजस्तै थुप्रै राष्ट्रसेवकको निष्ठापूर्ण सेवाले पनि पुरष्कृत हुने दिन आएको देख्न पाइयोस ।

(अहिले अमेरिकाको न्युयोर्कमा बस्दै आएका देउजा नेपाल प्रहरीका विषयमा दख्खल राख्छन् ।)