१७ कार्तिक २०८३, मंगलबार

सशस्त्रको कार्यक्रममा प्रधानसेनापति र जनपथ आईजीपी पहिलोपटक प्रमुख अतिथि

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rajendra-chettri-Upendra-Aryal-Durgu-rai

काठमाडौं, २५ चैत । राज्यको सुरक्षा निकायमध्येको एक सशस्त्र प्रहरी बलले नेपाली सेनाका महारथी एवं प्रधानसेनापति र नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी)लाई प्रमुख अतिथि बनाएको छ ।

नेपालको इतिहासमा यसरी अर्काे संगठनका प्रमुखलाई सशस्त्रले पहिलोपटक प्रमुख अतिथि बनाएको हो । यसरी प्रमुख अतिथि बनाउँदा तीन वटै संगठनबीच सम्बन्ध थप सुदृढ भएको देखिन्छ । यसअघि सशस्त्र र जनपथ प्रहरीबीच मनमुटाव थियो ।

सशस्त्र प्रहरी बल केन्द्रीय खेलकुद समितिले आयोजना गरेका खेलकुद कार्यहरुको शुक्रबार हुने समापन कार्यक्रममा प्रधानसेनापति राजेन्द्र क्षेत्री र प्रहरीका आइजीपीलाई प्रमुख अतिथि बनाइएको हो ।

तत्कालिन माओवादीबाट मारिएका सशस्त्रका आईजीपीको नामबाट आयोजना गरिएको ‘बाह्रौं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुल्ला ब्याडमिन्टन प्रतियोगिता–२०७२’ को समापन कार्यक्रममा प्रधानसेनापति क्षेत्रीलाई प्रमुख आतिथि बनाइएको सशस्त्रका प्रवक्ता एवं डीएसपी अजय छतकुलीले जानकारी दिए । कार्यक्रम सशस्त्र प्रहरी बल प्रधान कार्यालय हल्चोकमा हुनेछ ।

यसैगरी ‘आठौं सहवीर स्मृति खुल्ला लन टेनिस प्रतियोगिता–२०७२’ को समापन कार्यक्रम प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई प्रमुख आतिथि बनाइएको छ । कार्यक्रममा दुबै प्रमुख अतिथिले विजेता खेलाडीलाई पुरस्कार पनि वितरण गर्नेछन् ।