१ कार्तिक २०८३, आइतबार

माओवादीहरुबीच छिट्टै एकता हुने प्रचण्डको दाबी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachanda-3-474x600काठमाडौं, २५ चैत । एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले माओवादी पार्टीहरुबीच एकताको प्रक्रिया अन्तिम चरणमा पुगेको दाबी गर्नुभएको छ ।

पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानले आज पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा गरेको कार्यक्रममा एमाओवादी अध्यक्ष दाहालले माओवादी पार्टीहरुबीच एकताका लागि आफूले निरन्तर प्रयास गरिरहेको र अब परिणाम देखा पर्न मात्र बाँकी रहेको दाबी गर्नुभएको हो ।

उहाँले क्रान्तिका बाँकी कार्यभार पूरा गर्न सबै माओवादी पार्टी एउटै केन्द्रमा आउनुको विकल्प नभएकाले एकताको प्रयास आफूले बढाएको बताउनुभयो ।