२५ कार्तिक २०८३, बुधबार

कालोबजारियालाई तह लगाउन मन्त्री पुनले ल्याए नयाँ योजना, युवालाई अपील

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mantri Ganeshman-pun

काठमाडौँ, २५ चैत । आपूर्तिमन्त्री गणेशमान पुनले पछिल्ला दिनमा उल्लेख्य मात्रामा इन्धन आयात भए पनि उपभोक्ता मारमा पर्नुको कारण खोजी भइरहेको बताउनुभएको छ ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) सिटिइभिटीले आयोजना गरेको सिटिइभिटी कपको आज यहाँ उद्घाटन गर्दै उहाँले एकैपटक धेरै इन्धन भण्डारण गर्ने प्रवृत्तिका कारण पनि बजारमा अभावको अवस्था आएको उल्लेख गर्नुभयो ।

उहाँले निगमको भण्डारण क्षमता कम भएका कारण पनि कुनै अवरोध हुनेबित्तिकै बजारमा अभाव देखिने गरेको उल्लेख गर्दै भन्नुभयो – “सिंहदरबारभित्र र आसपासमा आश्रय लिएर बसेका कालोबजारियालाई तह लगाउन युवा विद्यार्थीको सहयोग अत्यावश्यक छ । हामीले कालोबजारियालाई तह लगाउन सकेनौँ भने कोही कसैले सक्दैन ।”

मन्त्री पुनले निगमको भण्डारण क्षमता १६ दिनको मात्रै रहेकाले त्यसलाई कम्तीमा पनि ९० दिनको बनाउने तयारीमा लागेको जानकारी दिनुभयो । राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्यसचिव एवम् अखिल नेपाल खेलकुद महासङ्घका अध्यक्ष युवराज लामाले नयाँ संविधान कार्यान्वयनका लागि खेलकुदमार्फत लाखौँ युवालाई गोलबन्द गर्नुपर्नेमा जोड दिनुभयो । रासस