कञ्चनपुर । कञ्चनपुरमा सुतिरेको बेला जंगली हात्तीको आक्रमणमा परेर एक महिनाको मृत्यु भएको छ ।
शुक्लाफाँटा नगरपालिका–१ तारापुरकी ६० वर्षीया लक्ष्मी डगौराको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको हो। घरमा सुतिरहेको अवस्थामा गएराति उनलाई हात्तीले आक्रमण गरेको थियो ।
राति शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र पर्ने तारापुर शिविरमा जंगली हात्तीको बथान पसेको थियो। हात्तीको बथानले डगौंराको घरसमेत भत्काएको छ।
उनका श्रीमान् मोहन डगौंराले भागेर ज्यान जोगाएका छन्।












प्रतिक्रिया