
काठमाडौं । गीत गाउँदा गाउँदै स्टेजमा किङ कोब्रा सर्पले टोक्दा इन्डोनेशियन गायिका इर्मा ब्लुको मृत्यु भएको छ ।
रिआन्ती नाम गरेको विषालु किङ कोब्रा सर्पले टोकेको ४५ मिनेटसम्म पनि प्रस्तुति दिइरहेकी इर्मा त्यसपछि स्टेजमै ढलेकी थिइन् । तत्कालै उनलाई अस्पताल लगिएकोमा डाक्टरले मृत घोषित गरेका थिए ।
इण्डोनेसियन मिडियाको समाचारअनुसार आफ्ना प्रायः प्रस्तुतिहरूमा सरिसृपहरू प्रयोग गर्ने २९ वर्षीय चर्चित इन्डोनेशियन गायिका इर्माको मृत्युपछि प्रहरीले घटनाको अनुसन्धान थालेको छ ।

जाभाको कारावाङ गाँउमा घटेको त्यो घटनाको भिडियो समेत बनेको छ । सर्पले टोकेको उनलाई थाहा भएपनि उक्त सर्पको बिष निकालिएको होला भन्ने ठानेर उनले एन्टिडोट पनि लिन मानेकी थिइनन् ।
तर, विशालु सर्पमा भएको विष उनको शरीरमा पसेपछि उनले अकालमै ज्यान गुमाउनुपर्यो ।
हेर्नुस् भिडियोः
https://www.youtube.com/watch?v=w8N44Y0wIps
















प्रतिक्रिया