१ कार्तिक २०८३, शनिबार

नामिबियासँग खेल्ने नेपाली टोलीको घोषणा, को-को परे ? (सूचीसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

paras_khadka_with_team-650x431

काठमाडौँ, २५ चैत । विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत नामिबियाविरुद्ध खेल्ने नेपाली टिमको घोषणा गरिएको छ ।

बिहीबार नेपाल क्रिकेट संघ क्यानको छनोट समितिले पारस खड्काको कप्तानीमा १५ सदस्यीय टिम घोषणा गरेको हो । टिमको उपकप्तानमा ज्ञानेन्द्र मल्ल रहेका छन् ।

यसैगरी टिममा राजु रिजाल, नरेश बुढाऐर, शरद भेष्वाकर, सोमपाल कामी, बसन्त रेग्मी, शक्ति गौचन, सन्दीप लामिछाने, करण केसी, सुशन भारी, राजेश पुलामी मगर, विनोद भण्डारी रहेका छन् ।

बैकल्पिक खेलाडी विक्रम शोव, दिपेन्द्र ऐरी, प्रेम सुनार र अनिल मण्डल चार जना रहेको क्यानले जनाएको छ ।

नेपाल र नामिबियाबीचको खेल आगामी वैशाख ४ र ६ गते कीर्तिपुर मैदानमा हुनेछ ।

को-को परे ?

पारस खड्का
ज्ञानेन्द्र मल्ल
सागर पुन
नरेश बुढाऐर
शरद भेषवाकर
विनोद भण्डारी
बसन्त रेग्मी
शक्ति गौचन
सोमपाल कामी
करण केसी
राजेश पुलामी
राजु रिजाल
सन्दिप लामिछाने
सुशन भारी
जगत टमाटा (प्रशिक्षक)
पुबुदु दसानायके (प्रशिक्षक)