३१ आश्विन २०८३, शनिबार

‘नाचौँ सुपरस्टार’को फाइनलको तयारी पूरा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

12939164_994777203948458_2051927821_nबुटवल । नाचौँ सुपर स्टारको फाइनलको सम्पूर्ण तयारी पूरा भइसकेको आयोजकले जनाएका छन् । कला र प्रतिभाको संरक्षणको लागि भन्दै आयोजना गरिएको कार्यक्रम नाचौँ सुपरस्टारको फाइनल चैत २९ गते हुनेछ ।

न्यू सत्यसाई कला केन्द्रले नाचौँ सुपरस्टारको प्रतिस्पधाका विभिन्न अडिसन राउण्ड पूरा गराइ सकेको छ । फाइनलमा पाँच प्रतिस्पर्धीबीच कडा भीडन्त हुनेछ ।

प्रतिस्पर्धा बुटवलको कान्ति उच्च माविको प्राङ्गणमा हुनेछ । खैरनी, देवदह, कोटिहवा, मुर्गिया, बुटवल, ४ नं जितपुर का ४ सय ५० प्रतिस्पर्धीले सहभागिता जनाएका थिए ।

एसएमएसद्वारा भोटिङको आधारमा छनौट भएका सेमराका न्यू सहारा गु्रप, भलवारी लिटिल प्याराडाइजका एलिसा र नेहा, बुटवल क्यानन स्कुलकी सगुन र एलिसा, रुद्रपुर बुद्धदीप बोर्डिङ स्कुलकी सम्झना घर्ती, बुटवल पब्लिक स्कुलकी जस्मीन नेवाःले फाइनलमा सहभागिता जनाउने छन् ।

नाचौँ सुपरस्टारको विजेताले नगद १ लाख र अन्य थुपै्र आर्कषक पुरस्कार पाउने छन् । द्वितीयले नगद ५० हजार र तृतीयले नगद २५ हजार पाउने छन् ।