काठमाडौं, २४ चैत । मधेसी मोर्चासम्बद्ध दल सदभावनाका पार्टी अध्यक्ष राजेन्द्र महतोले अबको आन्दोलनमा नाकाबन्दी नगर्ने घोषणा गरेका छन् ।
उनले आगामी बैशाखबाट देशैभरी आन्दोलन हुने चेतावनी दिँदै तर, सीमानाकाहरुमा धर्ना लगायतका कार्यक्रम भने नहुने बताए ।
बुधबार बीरगञ्जमा आयोजित साक्षात्कारमा महतोले अबको आन्दोलनले सिधै सिंहदरवारमाथि हमला गर्ने बताए । ‘सिंहदरबारमै धर्ना दिने तथा मन्त्रीको गाडी रोक्ने जस्ता कार्यक्रमहरु ल्याइन्छ । तर, नाका बन्द गरेर अब जनतालाई दुःख दिँदैनौं ।’
६ महिने मधेस आन्दोलनका क्रममा गरिएको नाकाबन्दीले जनतालाई मात्र असर गरेको भन्दै महतोले आफूहरु सिंहदरबार केन्द्रीत भएको दाबी गरे ।
आन्दोलनका क्रममा राजमार्ग समेत अवरुद्ध गरिने भन्दै उनले आफ्ना मागहरु पूरा नभए देश गृहयुद्धमा जाने चेतावनी दिए ।













प्रतिक्रिया