– विकाश पराजुली
बुटवल, २४ चैत । बुटवलमा जारी प्रथम सिपीएन युएमएल पेसिडेन्ट कप फुटवल प्रतियोगिता–२०७२ अन्तर्गत बुधबार भएको खेलमा सुनौलो संगम युवा क्लव विजयी रुपन्देही भएको छ ।
बुटवल १२ स्थित मानवज्ञान उच्च माविको खेल मैदानमा भएको खेलमा विभागिय टिम एपिएफ काठमाडौलाई ४, २ ले हराउँदै सुनौलो संगम युवा क्लव विजयी भएको हो ।
विजयी सँगै घरेलु क्लव सुनौलो संगम फाईनलमा प्रवेश गरेको छ । एपिएफ क्लवका लागि खेलको सुरुवाती मिनेटमा चुरामणी चौधरीले गोल गर्दै अग्रता दिलाएपनि सुनौलो संगम युवा क्लवका लागि खेलको छैठो मिनेटमा रितेश मल्लले गोल गर्दै खेललाई १,१ को बराबरीमा पुराए ।
एक पछि अर्को गर्दै पोष्ट आर्कमणलाई तिब्र बनाएको सुनौलो संगम युवा क्लवले पुनः खेलको १६ औं मिनेटमा रितेश मल्लले नै गोल गर्दै टिमलाई २, १ को अग्रता दिलाए । खेलको २६ औं मिनेटमा सुनौलो संगमका लागि जनम लिगले हेड मार्फत गोल गर्दै टिमलाई ३,१ को स्थितीमा पुराए । लगत्तै ३५ औं मिनेटमा सुरज हमालले गोल गर्दै पहिलो हाफमा टिमलाई ४,१ को स्थितीमा पुराए ।
दोस्रो हाफमा आक्रमक शैलिमा खेल प्रस्तुत गरेको एपिएफका लागि थप एक गोल दोस्रो हाफको ३८ औं मिनेटमा चुडामणी चौधरीले व्यक्तिगत दुई गोल तथा टिमका लागि पनि २ गोल गरे ।
खेल समय अवधिभर दुवै टिमले केही सुनौला अवसरहरु पाएपनि गोल गर्न सकेनन र खेल ४, २ को अवस्थामा समापन भयो ।
मदन भण्डारी स्पोर्टस एकेडेमी लुम्बिनी अञ्चल कमिटिको आयोजनामा बुटवलमा जारी प्रतियोगिता चैत २७ गते समापन हुनेछ । प्रतियोगितामा विभागिय ३ टिम सहित कुल १२ टिमको सहभागिता रहेको छ । बुटवल १२ रामनगर स्थित मानवज्ञान विद्यालयको खेल मैदान जारी प्रतियोगितामा खनाल ब्रदर्श, मदन भण्डारी स्पोट्स एकेडेमी, ए.पि.एफ, काठमाण्डौ, सुनौलो संगम युवा क्लव, चितवन–११, पश्चिमाञ्चल प्रहरी टिम, बुटवल, सिम्रिक युवा क्लव, नवलपरासी–११, टेन्सवर्ग फर्सा्टिकर–११, क्यानडी ट्रिनिटी क्लव स्याङ्जा र त्रिभुवन आर्मी क्लव काठमाडौंको सहभागिता रहेको छ ।
प्रतियोगितामा विजेता हुने टिमले नगद ३ लाख ३ हजार ३ सय १३ तथा उपविजेता हुने टिमले नगद १ लाख ५५ हजार ५ सय ११ रुपैयाँ सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
त्यस्तै उत्कृष्ठ खेलाडिले नगद ७ हजार ७ सय ७७ सहति कप तथा मेडल प्राप्त गर्ने कमिटिका अध्यक्ष मेधराज भट्टराईले जानकारी दिए । यसैगरी उत्कृष्ट गोलकिपर, मिटफिल्डर, रक्षक, सर्वा्धिक गोलकर्ता तथा उत्कृष्ठ प्रशिक्षकलाई नगद ५÷५ हजार सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगिता अवधिभर, अपाङगता भएका व्यक्तिहरु, महिला तथा बृद्धबृद्धालाई निशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिता अन्तर्गत विहिबार दोस्रो सेमिफाईनल खेलमा नवजागृती युवा क्लव सिमरा र त्रिभुवन आर्मी क्लव काठमाडौं का बीच ठिक ३ बजेदेखि खेल सुरु हुनेछ ।
यी दुई टिम मध्ये जुन टिम विजयी हुनेछ सो टिमले फाईनलमा चैत २७ गते सुनौलो संगम युवा क्लव सँग प्रतिस्पर्धा गर्नेछ ।
















प्रतिक्रिया