२५ कार्तिक २०८३, बुधबार

दलको नेतामा निर्वाचित भएलगत्तै देउवाले भने– ‘सांसदले ठूलो भारी दिए’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sherbahadur Deuba Nepali Congressकाठमाडौं, २४ चैत । संसदीय दलको नेतामा भारी मतअन्तरले विजयी भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सांसदहरुले आफूलाई ठूलो भारी दिएको बताउनुभएको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेललाई पराजित गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस सभापति तथा दलका नेता देउवाले सांसदहरुले आफूलाई विजयी गराएर ठूलो भारी दिएकाले पार्टीभित्र सबैलाई मिलाएर अघि बढ्ने बताउनुएको हो । उहाँले आफ्नो दलले संसदमा बलियो प्रतिपक्षीको भूमिका निर्वाह गर्ने स्पष्ट पार्नुभयो । यो आन्तरिक प्रतिस्पर्धा भएकाले यसमा कसैको हार र जित नभएको भन्दै रामचन्द्र पौडेल पनि धेरै दुःख गरेर आउनुभएकाले उहाँलाई पनि मिलाएर जाने उहाँको भनाइ थियो ।

सभापति देउवाले भूकम्प प्रभावितको घर बनाउने काममा सरकारले ढिलाई गरिरहेको भन्दै यसबारेमा संसदमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले मधेसमा संविधानका बारेमा केही असन्तुष्टि रहेको भन्दै आफू वार्ताका माध्यमबाट ती समस्या समाधान गर्ने पक्षमा रहेको बताउनुभयो ।

कांग्रेस संसदीय दलको नेता चयनका लागि भएको निर्वाचनमा देउवाले १ सय ३९ मत ल्याएर विजयी हुनुभएको थियो । उहाँको प्रतिद्वन्द्वी वरिष्ठ नेता पौडेलले मात्र ६७ मत प्राप्त गर्नुभएको थियो ।