१ कार्तिक २०८३, आइतबार

सीके राउतलाई समर्थकको कडा टक्कर, देश टुक्राउने अतिवादी मागको कुनै तुक छैन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dr Binaya Panjiyars

– मनोज खतिवडा

दोश्रो कुरा एकीकृत नेपालभित्रै मधेस समस्याको हल खोजिनुपर्छ र सिंगो नेपालको राजनीतिको मुलधारमा सी.के. राउतलाई पनि ल्याउनुपर्छ । मधेसमा लादिएको औपनिवेशिक शासनको अन्त्य गर्न बौद्धिक र राजनीतिक बहसलाई तीव्र पार्नुपर्छ । सेनामा मधेसीको प्रतिनिधित्वलाई अबिलम्ब सुनिश्चित गरि आम मधेसी युवाहरुमा देशप्रति गौरवको भावना जागृत हुने अवस्था सिर्जना गर्नुपर्छ । भाषिक, सांस्कृतिक, राजनीतिक र आर्थिक विभेदलाई अन्त्य गर्न सकियो भने मलाई लाग्छ सी.के. आफैं मुलधारको राजनीतिमा आउन बाध्य हुनेछन् । यी माग पूरा हुने हो भने देश टुक्राउनेजस्तो अतिवादी मागको कुनै तुक देख्दिन म । तर यदि विभेद कायम नै रहने हो भने यो देशले हजारौं सिके राउतहरुको सामना गर्नुपर्नेछ । सेनामा कर्मचारीतन्त्रमा अथवा राज्यका प्रत्येक निकायमा तिम्रोपनि उपस्थिती हुन्छ भनेर कहिल्यै महशुस गराउन सकेन । जसको कारणले गर्दा मधेसीहरु जहिल्यै राज्यबाट बहिष्कृत भए, उपेक्षित भए र राज्यसंग मधेसीको सम्बन्ध टाढिँदै गयो । फलस्वरुप आज विखण्डनका श्वरहरु मधेसमा गुञ्जिरहेका छन् ।