३१ आश्विन २०८३, शनिबार

खोजी संस्कृति सुन्दरीको, हुने भयो दोस्रो मिस नेपाल कल्चर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Miss nepal

काठमाडौ । नेपाली कला सांस्कृतिको संरक्षण प्रवर्धनका लागि नयाँ पुस्तालाई प्रेरित गर्न ‘दोस्रो मिस नेपाल कल्चर नेपाल २०१६’ हुने भएको छ ।

नेपालका ५९ जनजातीसँगै, आर्य, मुस्लिम, मधेसी समुदायसहित सबैले भाग लिन पाउने यो प्रतियोगिताको प्रारम्भिक चयन २५ चैतमा राजधानीको मल्ल होटलमा हुने भएको छ । २६ चैतबाट नै उनीहरुको विविध प्रशिक्षण सुरु हुनेछ । आगामी २० बैशाखमा राजधानीको सँस्कृतिक सँस्थान नाचघरमा भव्य समारोह बीच मिस कल्चर नेपाल २०१६को चयन गरिने आयोजक पक्षले जनाएको छ ।

यो प्रतियोगिता युहान ईन्टरनेशलन इभेन्टस् प्रालिको आयोजना, साँस्कृतिक सँस्थानको सह आयोजना तथा विलक्षण क्रियसनको ब्यबस्थापन सहयोगमा हुन लागेको हो ।

सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले यो प्रतियोगितामा सहभागी हुनेलाई नेपालका विभिन्न जाति, जनजाती समुदाय, उनीहरुको रहन सहन, रीति रिवाज, कला, सँस्कृति धर्म, सँस्कार बारे जानकारी गराउँदै आफ्नो कलासंस्कृति संरक्षणमा प्रेरित गर्ने बताए,‘संस्कृतिक संस्थानको उदेश्य नयाँ पुस्तामा आफ्नो कला सँस्कृतिको संरक्षणमा प्रेरित गर्नु भएकाले यो प्रतियोगिताले उनीहरुमा आफ्नो कला संस्कृति संरक्षणमा प्रेरित गर्ने हाम्रो विश्वास छ ।’ महाप्रबन्धक थापाले भने,पश्चिमा संस्कृतिले हाम्रा नयाँ पुस्तक अश्वभाविक रुपमा प्रभावित पार्न थालेकाले पनि हामीले आफ्नो संस्कृतिक संरक्षणका लागि यस्ता कार्यक्रम गर्नु पर्ने भएको छ ।’

यस्तै आयोजक संस्थाकी अध्यक्ष संजिता श्रेष्ठले यो प्रतियोगिताको उदेश्य सौन्दर्यसंगै प्रतिभा प्रस्तुति तथा संस्कृतिक संरक्षणसमेत रहेको जानकारी गराईन् । उनका अनुसार प्रतियोगितामा सहभागी हुनेले न्युनतम एसएलसी पास हुुनु पर्ने, १६ देखि २६ उमेर समुहको कम्तिमा पांच फिट उचाई भएको हुनु पर्ने छ ।

प्रतियोगितामा बिजयी हुनेले एक वर्षसम्म सँस्कृतिक संस्थानको सदभावना दुतको रुपमा राष्ट्रिय, अन्नतर्राष्ट्रिय क्षेत्रमा सहकार्य गर्नु पर्ने छ । यस्तै विजेतालाई सालीमार ज्वेलर्सका तर्फबाट चाँदीको ताज, भक्स वागन कारका तर्फबाट एक वर्षसम्म विशेष समारोहमा सहभागी हुन कार सेवा, इन्द्र ट्राभल एन्ड टुरका तर्फबाट पोखराको द लेक साईट रिट्रिट होटलमा दुई रात तीन दिनको बसाई एवं भोजन सहित विभिन्न उपहार प्राप्त गर्नेछिन् ।