२५ कार्तिक २०८३, बुधबार

देउवा र पौडेलले उम्मेदवारी घोषणा गरिसक्दा सिटौला भने अर्कै गृहकार्यमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Krishna-Pd-Sitaula

काठमाडौं, २३ चैत । प्रतिपक्षी दल नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले संसदीय दलको नेताका लागि उम्मेदवारी दिएर निर्वाचनको तयारीमा लागिरहेका बेला अर्का नेता कृष्णप्रसाद सिटौला भने आन्तरिक गृहकार्यमा लागेका छन् ।

संसदीय दलको निर्वाचन चैत २४ गते भोली हुँदैछ । चुनावमा २०७ जनाले भोट हाल्नेछन् । जसमध्ये २६ जना भोटर सिटौला समूहसँग रहेको बताइएको छ ।

जसले गर्दा चुनावमा सिटौलाको भोट निर्णायक देखिनेछ । देउवा र पौडेलले उम्मेदवारी घोषणा गरिसक्दा सिटौला भने आफू निर्वाचनमा उठ्ने कि नउठ्ने र कसलाई समर्थन गर्ने विषयमा आन्तरिक गृहकार्यमा जुटेका हुन् ।

सिटौला समूहका नेता उमाकान्त चौधरीले पार्टीको महाधिवेशनमा जस्तो आफ्नो समूहले संसदीय दलको निर्वाचनमा उम्मेदवारी नदिने बताए । उनले भने- ‘देउवा र पौडेल मध्ये कुन समूहलाई सहयोग गर्ने भन्ने बारेमा आन्तरिक छलफल भईरहेको छ । हाम्रो टिममा अहिलेसम्म २६ जना सांसद हुनुहुन्छ । र मतदान हुने बेला सम्ममा ३६ जना सम्म पुर्याउने गृहकार्य गरिरहेका छौं ।’

यसअघि सिटौला समूहले संसदीय दलको नेता सर्वसम्मत चयन गर्न पहल थालेको थियो तर, सफल नभएपछि कसलाई समर्थन गर्ने भन्ने विषयमा टुंगो लगाउन आन्तरिक छलफलमा जुटेको हो ।