काठमाडौं, २३ चैत । नेपाली कांग्रेस संसदीय दलको नेताको लागि सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले उमेदवारी दर्ता गरेका छन् ।
मंगलबार हुने निर्वाचनका लागि दुबै नेता आफ्नो दलबलसहित सोमबार विहान संसदीय दलको कार्यालय सिंहदरबार पुगेर उमेदवारी दर्ता गरेका हुन् ।
देउवाको प्रस्तावकमा फरमुल्ला मन्सुर छन् भने समर्थकमा पद्मनारायण चौधरी रहेका छन् ।
यसैगरी पौडेलको प्रस्तावकमा प्रकाशमान सिंह छन् भने समर्थकमा महामन्त्री शशांक कोइराला छन् ।
संसदीय दलको निर्वाचन समितिका अनुसार मंगलबार (भोली) दिउँसो मतदान हुनेछ ।













प्रतिक्रिया