३१ आश्विन २०८३, शनिबार

अभिनयमा जम्दै मोडलद्वय गौतम र जिशी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gautam-gici (2)

काठमाडौं । बाग्लुङकी विमला जिशि र गुल्मीका महेन्द्र गौतम पछिल्लो समय नेपाली गितको म्युजिक भिडियोमा जम्न थालेका छन् ।

२ सय भन्दा बढि लोक दोहोरी र ४० भन्दा बढि आधुनिक गितमा मोडलको रुपमा अभिनय गरेका गौतम र पछिल्लो समय एक गजलमा अभिनय गरेकी जिशी आफुलाई अभिनयको क्षेत्रमा उत्कृष्ट कलाकार बनाउन निकै लागि परेका छन् । पछिल्लो पटक नवराज कौडालको शब्द रहेको ‘भन्छन नी त दुनियाले मलाई सम्झेर तिमी रुन्छ्यौरे, मैले दिएको जाली रुमाल त्यही आँशुले धुन्छ्यौरे’ बोलको गजलमा अभिनय गरेका जिशी र गौतम अभियनको क्षेत्रमा अव पछाडी फर्केर हेर्नेे दिन नआउनेमा ढुक्क छन् ।

मधुर बस्नेतको निर्देशन तथा छायांकन रहेको उक्त म्युजिक भिडियोलाई याक इन्टरटेनमेन्टले बजारमा ल्याउन लागेको छ । उक्त म्युजिक भिडियोमा आफुलाई छनौट गरेकोमा नायीका विमला निर्देशक बस्नेत प्रति आभार व्यक्त गर्दै उनले गरेको छनौटबाट आफु निकै खुसी भएको र उनको छनौटलाई सही सावित गर्ने प्रयास गरेको बताउँछिन् । ‘मलाई निर्देशक मधुर बस्नेतले छनौट गर्नु भयो’ उनी भन्छिन ‘उहाँको छनौटलाई सहि सावित गर्न हर सम्भव प्रयत्न गर्छु ।’ सानै देखी मोडलिङ गर्ने रहर जागे पनि परिस्थितीले फिस्टी गाविस–२ बाग्लुङ घर भई हाल बालाजु हाईट बोहोराटार बस्दै आएकी उनलाई हाल सम्म त्यो अवसर प्राप्त भएको थिएन । अहिले आफुलाई प्राप्त अवसरलाई भरपुर सदुपयोग गर्दै भविष्यमा उत्कृष्ट मोडल बन्ने आफ्नो सपना रहेको उनले बताईन् ।

Gautam-gici (1)

त्यस्तै अर्खले गाविस–६ गुल्मीका महेन्द्रलाई नेपाली म्युजिक भिडियोको संसारमा नचिन्ने कमै होलान् । उनले यस अघि अभिनय गरेको मधुर बस्नेतकै निर्देशन रहेको ‘अँधेरी जस्तै जुन बिनाको’, ‘किन आउँछ तिम्रो याद सँधै सँधै साँझमा’को भिडियोलाई अत्याधिक दर्शकले मन पराईसकेका छन् । अँधेरी जस्तै जुन बिनाको गितको म्युजिक भिडियोलाई युट्युवमा २० हजार भन्दा बढिले हेरिसकेका छन् । उनले यस्तै ४० भन्दा बढि लोकप्रिय आधुनिक गितमा अभिनय गरेका छन् । जसलाई टेलिभिजन र युट्युवमा दर्शकले अत्यन्त मन पराएका छन् । त्यस्तै उनले लोकदोहोरी तर्फ पनि उत्कृष्ट गितहरुमा अभिनय गरिसकेका छन् । उनले अभिनय गरेका ‘झिम्काईदेउ परेली’, ‘मैले मन पराएको छु’ लगायत २ सय भन्दा बढि लोक दोहोरी गित रहेका छन् ।

शब्द संकलक नवराज कौडालको उक्त गजलको शब्द र भाव आफुलाई अत्यन्त मन परेको हुँदा आफुले अभिनय गरेको गौतमले बताए । निर्देशक बस्नेतले पनि महेन्द्र निकै उत्कृष्ट कलाकार रहेको र उनमा ठुलो क्षमता भएको बताए । केशवटार गाविस–७ छाब्दी घर भएका नवराजको उक्त गजललाई तनहुँ पुर्काेट गाविसका गायक मिन गुरुङले गाएका छन् ।