३१ आश्विन २०८३, शनिबार

अभिनेत्री प्रिंयकालाई अमेरिकी राष्ट्रपति ओबामाको डिनर निम्तो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

obama-pryinka

मुम्बई । बलिउड अभिनेत्री प्रियंका चोपडालाई अमेरिकी राष्ट्रपति बराक ओबामाले डिनरमा आमन्त्रण गरेको समाचार छ ।

हाल हलिउड भासिएकी प्रियंका अमेरिकामै क्वान्टिको नामको टेलिश्रृखलामा व्यस्त छिन् । उनलाई सोमबार ह्वाईट हाउसबाट डिनरका लागि आमन्त्रण गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रियंकाका साथै ब्रेडली कपूर, लूसी ल्यू, जैन फोण्डा र ग्लैडीज नाइटलाई पनि ओबामाले डिनरका लागि निम्तो दिएका छन् ।

डिनरमा राष्ट्रपति ओबामा र फस्र्ट लेडी मिशेल ओबामाले अतिथिलाई स्वागत गर्नेछन् ।