काठमाडौं, २२ चैत । घरेलु मैदानमा आयोजित टी–२० विश्वकपको उपाधि जित्न नसकेको भारतीय टिमका उपकप्तान विराट कोहली भने उत्कृष्ट ठहरिए ।
घरेलु मैदानमा समुह चरणका चार र सेमिफाइनलको एक खेल खेलेका उनले २ सय ७३ रन बनाएर म्यान अफ दी सिरिजको पुरस्कार जितेका हुन् ।
समूह चरणमा पाकिस्तानलाई हराउँदा ३७ बलमा ५५ रन बनाएका कोहलीले अस्ट्रेलियामाथि विजय हासिल गर्दा ५१ बलमा अविजित ८२ रनको योगदान गरेका थिए ।
यसैगरी न्युजिल्यान्डसँग पराजित भएको पहिलो खेलमा २७ बल खेल्दै २३ रनमा सिमित भएका कोहलीले बंगलादेशमाथि अन्तिम ओभरमा नाटकीय जित हासिल गर्दा २४ बलमा २४ रन बनाएका थिए । सेमिफाइनलमा वेस्ट इन्डिजसँग पराजित भएपनि कोहलीले ४७ बलमा अविजित ८९ रनको पारी खेलेका थिए ।
















प्रतिक्रिया