३१ आश्विन २०८३, शनिबार

हे दैब यस्तो के गरिस् ? ‘माइलाबा’ लाई २ दिनमा २ पुत्रशोक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mailaba

काठमाडौं । हाँस्य कलाकार तथा मिडियाकर्मी बिष्णुजी पाण्डे ‘माइलाबा’ लाई २ दिनमा २ पुत्रशोक परेको छ ।

शनिबार बिहान जेठो छोरा स्वबिशन पाण्डेको २ बर्ष ९ महिनाको अल्पायुमै निधन भएको खबर सेलाउन नपाउँदै आइतबार फेरि उनले ६ महिनाको काखको कान्छो छोरो किरन पाण्डे पनि गुमाउनु परेको छ ।

mailaba (1)

दैबले उनलाइ अन्याय गरेको हो । उनको कान्छो पुत्र परिवार सहित आइतबार काठमाडौंबाट बुटवल आउदै गर्दा गाडिमै दुःखद निधन भएको हो । सानो छोरा सामान्य अबस्थामा थिए । उनको दुखद निधनले सबैलाइ स्तब्ध तुल्याएको छ ।

यो पिडाले परिवार सहित सिंगो रुपन्देहीका मिडिया शोकमा डुबेका छन् । हाँस्य कलाकार ‘माइलाबा’ एकदमै लोकप्रिय पात्र रहेकाले उनको पिडामा सबैले आफन्त तथा मिडियाकर्मी कलाकर्मीहरुले मल्हम लगाएका छन् ।

mailaba (2)

चैत्र १६ गते मंगलबार बिहान घर नजिकै खेल्ने क्रममा तताएको दूधमा परेका उनलाइ बुटवलको आम्दा, कान्ति बाल अस्पताल हुदै किर्तिपूर अस्पताल काठमाडौंमा उपचार गरिएको थियो ।

२०७० असार १० गते जन्मिएका पाण्डेकोे उपचारको क्रममा शनिबार बिहान ज्यान गएको हो ।

मन्टेश्वरी पढ्दै गरेका उनी एकदम क्षमताबान र बिभिन्न कला समेत देखाउने गरेकोे उनका बाबु बिष्णुजी पाण्डे माइलाबाले बताए ।

उनको आजै काठमाडौंको पशुपति आर्यघाटमा इलेक्ट्रोनिक्स शवदाहगृहबाट अन्तिम संस्कार गरिएको छ ।