२५ कार्तिक २०८३, बुधबार

संविधान आयो, अब कसैले पनि आन्दोलन गर्न आवश्यक छैन्ः प्रचण्ड

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachanda

काठमाडौं, २१ चैत । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान जारी भएसँगै सबैका हक अधिकार सुनिश्चित भइसकेकाले अब कसैले पनि आन्दोलन गर्न आवश्यक नरहेको बताउनुभएको छ ।

पार्टी निकट राष्ट्रिय कर्मचारी संगठन पशुपति क्षेत्र विकास कोष एकाइको चौथो अधिवेशन उदघाटन कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै प्रचण्डले संविधान जारी भएसँगै सबैका हक अधिकार सुनिश्चित भइसकको भन्दै अब कसैले पनि आन्दोलन गर्न आवश्यक नरहेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो- ‘संविधान बनिसक्यो, अधिकार पनि सुनिश्चित भयो । नभएका पनि संशोधनबाटै हुँदै जान्छन् । अब आन्दोलन होइन्, संविधान कार्यान्वयनका लागि सबैले आ–आफ्नो जिम्मेवारी पूरा गर्नतर्फ ध्यान केन्द्रीत गर्नुपर्छ ।’

उहाँले ट्रेड युनियन अधिकारका नाममा कर्मचारीहरु अराजक र अनुशासनहीन बनेको आरोप लगाउनुभयो । कर्मचारीहरु जिम्मेवारी र कर्तव्यबाट विमुख हुँदै गएकाले कर्मचारी संगठनका गतिविधि राजनीतिक एजेण्डा बनेको बताउनुभयो ।