काठमाडौं, २१ चैत । इएल क्लासिको भिडन्तमा रियल मड्रिडले प्रतिस्पर्धी बार्सिलोनालाई २–१ गोलले पराजित गरेको छ ।
शनिबार राति सम्पन्न खेलमा क्रिष्टियानो रोनाल्डोको निर्णायक गोलले रियललाई जितायो । हारसँगै स्पेनिस ला लिगाको लिडर बार्सिलोनाको ३९ खेलको अपराजित यात्रामा पूर्ण विराम लागेको छ ।
रियलको घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले ५६ औं मिनेटमा जेरार्ड पीकेको गोलबाट अग्रता लिएको थियो ।
खेलको ६२ औं मिनेटमा रियलका लागि करिम बेन्जिमाले बराबरी गोल फर्काएका थिए । त्यसपछि खेलको ८५ औं मिनेटमा रोनाल्डोले गोल गरे । जून जितका लागि निर्णायक बन्यो ।
जितपछि रियल मड्रिडको ३१ खेलबाट ६९ अंक भएको छ । दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडको ७० अंक छ । रियलसँग हारेको बार्सिलोना ७६ अंकसहित शीर्ष स्थानमै कायम छ ।
















प्रतिक्रिया