३१ आश्विन २०८३, शनिबार

‘बालिका वधु’ की आनन्दी प्रत्युषा बनर्जीले आत्महत्या गरिन्

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

anandi_parthusa

मुम्बई । टेलिभिजन कलाकार प्रत्युषा बनर्जीले आत्महत्या गरेकी छिन् ।

बालिका बधु सिरियलमा आनन्दीको भुमिका निभाउँदै चर्चामा आएकी २४ वर्षीया प्रत्युषाले मुम्बईमा आत्महत्या गरेकी हुन् ।

समाचार अनुसार उनी रियालिटी शो झलक दिखला जाको सीजन ५ र बिग बोस सीजन ७ की प्रतियोगी पनि थिइन् ।

किन गरिन आत्महत्या ?

भारतीय सञ्चारमाध्यमका अनुसार उनले आत्महत्या गर्नुको कारण उनका प्रेमी भएको बताइएको छ । पछिल्लो समय प्रेमी राहुल राज सिंहसँग उनको दुरी बढेको थियो । जसका कारण उनले यस्तो खतरनाक कदम उठाइन् । प्रत्यूषालाई कोकिला बेन अस्पतालमा भर्ना गरिएको थियो जहाँ डाक्टरहरुले उनलाई मृत घोषित गरे ।

प्रत्यूषाले अन्धेरी वेस्ट इलाकामा आफ्नै घरमा दिउँसो फाँसी लगाएर आत्महत्या गरेकी हुन् । उनको प्रेमी राहुलसँग केही समयदेखि विवाद बढेको थियो । खबर यहाँसम्म आएको थियो कि केही समयपछि दुबै विहे गर्ने तयारीमा थिए । यही बीचमा उनका प्रेमीले उनीमाथि धोका दिएको आरोप पनि लगाएका थिए ।

प्रत्यूषाको मृत्युपछि प्रहरीले उनको घरमा कुनै किसिमको सुसाइड नोट फेला पारेको छैन् । जबकि शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ । प्रत्यूषा अन्धेरी वेस्ट इलाकामा आफ्ना साथीसँग बस्दै आएकी थिइन् । उनका आमाबुवा मुम्बई बाहिर बस्छन् ।