काठमाडौं, १९ चैत । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग नेपालका लागि चिनियाँ राजदूत वु चुन्ताईले भेटवार्ता गर्नुभएको छ ।
दाहाल निवास लाजिम्पाटमा आज बिहान भएको भेटवार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण र त्यस क्रममा भएका सहमति तथा सम्झौता र दुई देशबीचको सम्बन्धलगायतका विषयमा छलफल भएको बताइएको छ ।
त्यस क्रममा माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको चीन भ्रमण सफल पार्न राजदूतले खेलेको भूमिकाको प्रशंसा गर्दै सम्झौता कार्यान्वयनलगायतका विषयमा छलफल भएको थियो । त्यसैगरी इन्धन आपूर्ति सम्झौता गर्ने विषयमा पनि सामान्य छलफल भएको बताइएको छ ।












प्रतिक्रिया