२५ कार्तिक २०८३, बुधबार

भारत-ईयुको वक्तव्यमा नेपालले आपत्ति जनाएपछि दक्षिणबाट आयो कडा सन्देश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Modi-with-European-Council-President-Donald-Tusk

काठमाडौं, १९ चैत । नेपालको संविधान पुरा नरहेको भन्दै बेल्जियमको ब्रसेल्स सम्मेलनबाट भारत र ईयुले संयुक्त वक्तव्य जारी गर्दा नेपालले आपत्ति जनाएपछि नेपालको दक्षिण तराईमा लोकप्रिय मानिएको एक संगठनले विज्ञप्ति नै जारी गरेको छ ।

नेपालको आपत्तिपछि हिन्दू युवा जनशक्ति संघ नेपालले भारत–ईयुको वक्तव्यले संविधानमा कुनै हस्तक्षेप नभएको जनाएको छ । उसले भनेको छ– ‘जहाँसम्म अनावश्यक हस्तक्षेपको कुरा गर्नु पर्दा यो कुनै हस्तक्षेप होईन । यसलाई हामीले सल्लाहको रुपमा लिनु उपयुक्त हुनेछ ।’

यस्तो छ संघले जारी गरेको विज्ञप्तिः

हिन्दू युवा जनशक्ति संघका अध्यक्ष विकास ठाकुर
हिन्दू युवा जनशक्ति संघका अध्यक्ष विकास ठाकुर

नेपालको संविधान पुरा नरहेको भन्दै हिजो बेल्जियमको ब्रसेल्स सम्मेलनबाट भारत र ईयुले संयुक्त विज्ञप्ति जारी गरेर संविधान संशोधन मार्फत सबैलाई समेटन आग्रह गरेपछि चिनियाँ राजदूतलाई छेउमा राखेर भारत र ईयुलाई प्रधानमन्त्रीले अनावश्यक हस्तक्षेप नगर्न चेतावनी दिनु र त्यसपछि नेपालका केही कथित राष्ट्रवादीहरुले राष्ट्रिय एकता, राष्ट्रिय अखण्डता, सार्बभौमसत्तामा आच पुर्याएको भन्दै विरोध शुरु गरिरहेको हेर्दा बडो अचम्म लागेको छ ।

देशमा नयां संविधान जारी भएपश्चात मधेश आन्दोलनको क्रममा करिव ५ दर्जन बीर नेपालीको जानुका साथै आन्दोलन र नाकाबन्दीको कारण जनताले दुख भोग्नु परेको थियो । संविधानको बिरुद्धमा चरणबद्द रुपमा विभिन्न पार्टी र संघ संस्थाले आन्दोलन गर्दै आएको छ । फेरी कसरी हामीले यो संविधानलाई पुरा भन्ने?

जहासम्म अनावश्यक हस्तक्षेपको कुरा गर्नु पर्दा यो कुनै हस्तक्षेप होईन । यसलाई हामीले सल्लाहको रुपमा लिनु उपयुक्त हुनेछ ।
सहयोग लिने समयमा जस्तै सल्लाहलाई पनि स्वीकारी संविधान संशोधन गरेर सबैलाई समेटेर देशलाई समृद्ध बनाउनका लागि काम शुरु गर्नु राम्रो होईन भने संविधान कार्यन्वयन हुन ढिलाई हुदै जान्छ र संविधान खारेजी हुने सम्भावना बढेर जान्छ ।