काठमाडौं, १८ चैत । संसदीय दलको नेताको निर्वाचन प्रक्रिया र संसदीय दलको विधान संशोधनका विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरूसँग परामर्श गर्नुभएको छ ।
काठमाडौंको बुढानिलकण्ठस्थित निवासमा आज भएको छलफलमा फाष्ट ट्रयाकबाट संसदीय दलको विधान संशोधन गरेर अगाडि बढ्ने विषयमा सहमति भएको केन्द्रीय सदस्य प्रकाशमान सिंहले जानकारी दिनुभयो ।
‘सहमति र छलफलबाट संसदीय दलको नेता चयनमा देखिएको समस्या समाधान गर्ने विषयमा एकमत भएका छौँ’, सिंहले भन्नुभयो, ‘छिट्टै संसदीय दल र केन्द्रीय कार्यसमितिको संयुक्त बैठक बोलाएर यस विषयमा ठोस निर्णय लिने छौँ ।’
कांग्रेस संसदीय दलको नेताको निर्वाचन यही चैत २४ गते सिंहदरबारमा हुँदैछ । त्यसअघि चैत २२ गते संसदीय दलको बैठक पनि बस्नेछ ।
पौडेल समूहले दलको नेता र संसदीय दलको कार्यसमितिको निर्वाचन एकै पटक गर्नुपर्ने भन्दै अडान राख्दै आएको छ । तर सभापति देउवा भने पहिला दलको नेता चयन गरेर अन्य प्रक्रियामा जानुपर्ने पक्षमा हुनुहुन्छ ।













प्रतिक्रिया