१६ कार्तिक २०८३, सोमबार

कालोबजारी र महँगीविरुद्ध विद्यार्थीहरुले राजधानीमा प्रदर्शन गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Students Ko Meeting

काठमाडौं, १८ चैत । प्रमुख दल सम्बद्ध विद्यार्थी संगठनहरूले कालोबजारी र महँगी विरुद्ध प्रदर्शन गर्ने निर्णय गरेका छन् ।

काठमाडौंमा आज बसेको आधा दर्जन बढी विद्यार्थी संगठनको बैठकले भोलि शुक्रबार दिउँसो ३ बजे प्रदर्शनीमार्गस्थित आरआर क्याम्पस अगाडि कालोबजारी र महँगी विरुद्ध प्रदर्शन गर्ने निर्णय गरेको हो ।

चैत २१ गते मुलुकभरिका सदरमुकामहरूमा प्रदर्शन गर्ने निर्णय भएको नेविसंघका प्रवक्ता यूपी लामिछानेले जानकारी दिनुभयो ।

विद्यार्थी संगठनहरूको संयुक्त बैठकले स्ववियुको चुनाव त्रिबि र सबै विश्वविद्यालयहरूसँग आग्रह गर्ने निर्णय पनि गरेको छ ।

निजी शैक्षिक संस्थाले लिइरहेको मनपरी शुःल्कका विषयमा शिक्षामन्त्रीलाई २२ गते ध्यानाकर्षणपत्र बुझाउने निर्णय गरेका विद्यार्थी संगठनहरूले विगतमा भएका सहमति कार्यान्वयनमा पनि जोड दिएका छन् ।