मुम्बई । विश्वकप क्रिकेट अन्तर्गत आज हुने भारत र वेण्ड इण्डिजबीचको सेमिफाइनल खेलका लागि क्रिकेटर विराट कोहली मैदानमा उत्रिने तयारीमा छन् ।
उता सलमान खानको फिल्म सुल्तानको शुटिङमा व्यस्त अनुष्का भने फेरि प्रेममा परेकी छिन् । भारतीय सञ्चारमाध्यमका अनुसार केही समययता ‘सिंगल लाइफ’ बिताइरहेकी अनुष्का अरू कोहीसँग नभई उनी पूर्वप्रेमी तथा क्रिकेटर विराट कोहलीसँग पुनः प्रेममा परेकी हुन् ।
केही समयअघि उनीहरूले ब्रेकअप गर्दा किन ब्रेकअप गरे भन्नेबारे विभिन्न अनुमान गरिएको थियो । विराटले बिहेका लागि हतारो गरेपछि अनुश्काले ब्रेकअप गरेको भन्ने चर्चा पनि चलेको थियो तर, अब दुवै पुनः एकअर्कासँग नजिकिएका छन् ।
उनीहरूको सम्बन्ध पूर्ववत् अवस्थामा फर्किएको समाचारमा जनाइएको छ ।
भारतमै भइरहेको विश्वकप क्रिकेटमा विराटले उत्कृष्ट प्रदर्शन गरिरहेका बेला अनुष्कासँग उनको सम्बन्ध सुध्रिएको बताइन्छ ।
















प्रतिक्रिया