काठमाडौं, १८ चैत । राजधानीमा एक युवक पाँच तोला सुनको गहनासहित पक्राउ परेका छन् ।
सुन ठगी गरी फरार भएका सिन्धुपाल्चोक भोटसिपा–८ का पेप्सिकोला बस्ने २४ बर्षीय राजिब आचार्यलाई करीब ५ तोला बराबरको सुनका गहनासहित काठमाडौं महानगरपालिका गैरीगाँउ तिनकुनेबाट बुधबार प्रहरीले पक्राउ गरेको छ ।
आचार्यले गत चैत १६ गते मध्यपुर ठिमी नगरपालिका–१६ लोकन्थली स्थित गणेश दर्नालले संचालन गरेको न्यू महालक्ष्मी ज्वेलर्सबाट करीब ७ तोला सुन ठगी गरी फरार भएका थिए ।
यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया