– महेश केसी
रुकुम, १८ चैत । समय क्रमको विकास अनुसार सूचना संचार प्रविधिको सुबिधाका कारण दुर्गम गाँउहरुमा समेत फोन सुविधा पुगिसकेको छ यसकारण अब गाँउहरुलाई दुर्गम भन्न अनि नहुने जस्तो भैसकेको छ ।
धेरै गाँउहरुमा त इमेल इन्टरनेटको सुबिधा पनि पुगिसकेको बर्तमान समयमा रुकुम जिल्ला उत्तरी पहाडी गाविस गोतामकोटका एक बृद्धले दशवटा गाँउमा कटुवालको जिम्मेवारी सम्हालीरहेका छन् । गोतामकोट – ७ का ६६ बर्षिय कालीबहादुर परियारले रुकुम र जाजरकोटका दुई गाविसका १० वटा गाउँका लागि कटुवालको रुपमा काम गरिहेका छन् ।
गोतमकोटका स्थायी बासिन्दा परियारले जाजरकोटको रग्दा र रुकुमको गोतामकोटका दश गाउँका स्थानियहरुलाई सेवा दिनेगरी चालिस विगत वर्षदेखि कटुवाल पेशा मार्फत दैनिकी धानिरहेका हुन । गाउँहरुमा एक्लैले खबर बाड्न उनी दैनिकजसो व्यस्तै देखिन्छन । गाउँमा हुने विभिन्न भेला, बैठक वा कुनै कार्यक्रम हुन थाल्यो भने उनैको जिम्मेवारीमा पर्ने सबै गाँउहरुमा घरदैलो गरेर खबर पु¥याउने काम गर्ने गरेका छन । उनले त्यो बाहेक रमाईलो कुरा उनको घाँटीमा रेडियो झुण्डिएको छ करिब १५ वर्षदेखि । उनले गाउँको सूचना दिन घर घर पुग्दा रेडियोले भनेका राष्ट्रिय खबरहरु पनि सबैलाई बताउँदै हिड्छन ।
उनी दैनिकजसो एउटा न एउटा खबर लिएर गाउँहरुमा घुमिरहेका हुन्छन । उनलाई स्थानियहरुले सेवा गरेबापत एक घरबाट वार्षिक एक पाथी अन्न दिने गरेका छन । ‘समाजमा सेवा पनि हुन्छ, स्थानियबासीले दिएको अन्नले घरको जोहो पनि टर्छ,’ उनले भने ‘त्यसैले चालिस वर्षदेखि यही पेशालाई निरन्तरता दिएको छु ।’
गाउँमा कुनै घटना तत्कालै घट्यो र घर घर घुम्न जान पाईएन भने उनी रग्दाको सबैभन्दा अग्लो डाडोमा पुग्छन र दमाहा बजाउदै चिच्याउछन । परियारले उनको कामदेखि स्थानियबासीहरु सन्तुष्ट भएका बताए । उनले यही पेशाबाट ८ जनाको परिवार पालेको जानकारी दिए । शारिरिक रुपले भ्याएसम्म यो पेशा नछाड्ने उनी बताउँछन् । उनी गाउँमा कसैको बिबाह वा कुनै पुजापाठ हुँदा घरघरै गएर खबर दिने बताउँछन । कोही मर्यो भने गाउँ माथिको डाडोमा गएर दमाहा बजाउँदै चिच्याउने गरेको उनले जनाए ।
परियारले गाउँका मानिसहरुलाई रेडियोले भनेका ज्ञानबद्र्धक र स्वास्थ्यवर्द्धक कुराहरु सुनाउने समेत जानकारी दिए । ‘मैले भनेको सबैले विश्वास गर्छन,’ परियारले भने ‘त्यसैले ऑफु पनि सन्तुष्ट भएको र अरुलाई पनि सन्तुष्ट बनाएको छु ।’ उनले आफ्ना बाबुले धान्दै आएको पेशालाई निरन्तरता दिएका हुन । अबको पुस्ता परम्परागत पेशामा नलाग्ने भएकाले दुःख लाग्न थालेको उनले जनाए । आफ्ना दुई छोरामध्ये एकले आफ्नो जीवनपछि विडो थामिदिए सन्तुष्ट हुने उनले जनाए ।













प्रतिक्रिया