२५ कार्तिक २०८३, बुधबार

अखिलको मुख्यालयमा एकाबिहानै किन जम्मा भए विद्यार्थी नेताहरू ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali Studentकाठमाडौं, १८ चैत । स्ववियु निर्वाचन, निजी विद्यालयले उठाउँदै आएको मनपरी शुल्क र मुलुकमा बढ्दो कालोबजारी अन्त्यका विषयमा छलफल गर्न प्रमुख विद्यार्थी संगठनहरूको बैठक बसिरहेको छ ।

एमाले निकट अनेरास्ववियुको मुख्यालयमा जारी बैठकमा विशेष गरेर स्ववियु निर्वाचनका विषयमा छलफल केन्द्रित रहेको नेविसंघका प्रवक्ता यूपी लामिछानेलाई जानकारी दिनुभयो । ‘अब नयाँ शैक्षिकसत्र सुरू हुन लागेको छ’, लामिछानेले भने, ‘शुल्कका विषयमा चारैतिरबाट गुनासाहरू आइरहेका छन् । सो विषयमा पनि गम्भीर रुपमा छलफल हुँदैछ ।’

बैठकमा लामो समयदेखि हुन नसकेको स्ववियु निर्वाचन छिटो गर्न त्रिविलाई दबाब दिने विषयमा पनि छलफल हुनेछ ।

भारतको नाकाबन्दीको फाइदा उठाएर भइरहेको कालोबजारी अन्त्य गर्न पनि विद्यार्थी संगठनहरूले सरकारसँग आग्रह गर्ने प्रवक्ता लामिछानेले बताए । ‘कालोबजारी अन्त्य गर्ने विषयमा सरकार गम्भीर भएन’, उनले भने, ‘विद्यार्थी संगठनहरूले कालोबजारी विरुद्ध कडा कदम उठाउनै पर्छ ।’

बैठकमा एमाले निकट अनेरास्ववियु, नेविसंघ, अखिल क्रान्तिकारलगायत दर्जन विद्यार्थी संगठनका नेताहरू सहभागी छन् ।