२५ कार्तिक २०८३, बुधबार

डा.सीके राउतले राजधानीमा यसरी धारणा राख्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dr CK Rautकाठमाडौं, १८ चैत । राजकाजको मुद्दा झेलिरहेका स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा.सीके राउतले आज काठमाडौंमा पत्रकार सम्मेलनको तयारी गरेका छन् ।

आफू काठमाडौंमा विगत चार दिनदेखि बस्दा पनि पत्रपत्रिकाले स्थान नदिएपछि डा.राउतले पत्रकार सम्मेलन गर्न लागेका हुन् । डा.राउतका सहयोगीका अनुसार उनले मध्यान्ह १२ बजे पत्रकार सम्मेलन गर्ने छन् ।

पत्रकार सम्मेलनमा डा.राउतले आफ्नो गतिविधिका विषयमा जानकारी गराउने छन् । उनले देश टुक्र्याउने आफ्नो अभियानका विषयमा पत्रकारहरूलाई जानकारी गराउन सक्ने बुझिएको छ ।

तराईबाट मधेसलाई टुक्र्याएर अलग ‘मधेस देश’ बनाउने अभियानमा लागेका डा.राउतको गतिविधिबाट सरकारलाई टाउको दुखाइ बनेको छ ।

डा.राउतका हरेक गतिविधिको वाच गरिरहेको सरकारले उनका गतिविधिलाई पूर्णरुपमा प्रतिबन्ध नलगाएको भन्दै आलोचना पनि हुने गरेको छ ।