काठमाडौं । पोर्नस्टार बन्ने लाइनमा रहेकी मोडल अर्चना पनेरुको फिल्म ‘जिस्म’को एकाएक नाम परिवर्तन भएको छ ।
चलचित्र विकास बोर्डबाट कुनै पनि इजाजत नै नलिई चलचित्र छायांकन गरेको भन्दै स्थानीय प्रशासनले शुटिङ युनिटसहित सामग्री पनि नियन्त्रणमा लिँदा ‘जिस्म’को नाम बदनाम भएपछि निर्देशक राजु गिरीले फिल्मको नाम परिवर्तन गरेको घोषणा गरेका हुन् ।
बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा फिल्मको नाम परिवर्तन भएको घोषणा गर्दै उनले चलचित्रको नाम ‘जिस्म’बाट परिवर्तन गरेर ‘अर्चना’ राखिएको जानकारी दिए । यो नाम चलचित्रकी मुख्य कलाकार अर्चनाको नामबाट राखिएको हो ।
यसैबीच निर्देशक गिरीले आफूले राज्यले बनाएको नियमलाई उल्लंघन गर्न खोजेर गम्भिर अपराध गरेको भन्दै एक पटकलाई माफी दिन आग्रह गरे । चलचित्र विकास बोर्डले आफ्नो आँखा खोलिदिएको भन्दै राजुले आफूले चलचित्र निर्माण गर्न थालेको लामै समय भैसक्दा पनि कतिपय नीति र नियम थाहा नभएको बताए ।
चलचित्रकी मुख्य कलाकार अर्चना पनेरु पनि सो पत्रकार भेटघाटमा उपस्थित थिइन् ।
















प्रतिक्रिया