३१ आश्विन २०८३, शनिबार

एमाले नेता वामदेव गौतमले लेखे ‘किसान गीत’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bamdev-Gautamपूर्व उपप्रधानमन्त्री तथा एमाले नेता वामदेव गौतमले गीत लेख्नुभएको छ । अखिल नेपाल किसान महासंघका अध्यक्षसमेत रहेका गौतमले लेखेको किसान गीतमा शम्भुजीत बास्कोटाले संगीत दिनुभएको छ । पढौं गौतमले लेखेको ‘किसान गीत’–

किसान हामी मालिक बन्छौँ, कृषि क्रान्ति जिन्दावाद !
दासताको जञ्जिर तोड्छौं-तोड्छौं, किसान एकता जिन्दावाद !

प्राणरक्षा गर्ने धर्ती हामी माया गर्छौँ
समृद्धिको शिखर चुम्न कृषि क्रान्ति गर्छौँ
चट्टान फोडी फूल फुलाउने हाम्रो हिम्मत हेर
रगत्, पसिना सिञ्चित धर्र्ती दिन्नौ है जान खेर ।

हाम्रो राष्ट्र हाम्रो माटो प्राण भन्दा प्यारो
अन्नदाता, प्राणदाता धर्ती, माता हाम्रो
हिमाल, पहाड, तराई हेर मातृभूमि हाम्रो
सबै जातिको फूलबारी हो संसारभरकै राम्रो ।

क्रान्ति बोक्ने झन्डा हाम्रो झुक्ने छैन कहिले
देशको रक्षा गर्न निम्ति चुक्नेछैन कहिले
राष्ट्र बोक्ने, धर्ती बोक्ने किसान हामी शक्ति हौँं
समानताको नयाँ नेपाल निर्माण गरी छोड्ने र्छौँ

किसान हामी मालिक बन्छौँ, कृषि क्रान्ति जिन्दावाद !
दासताको जञ्जिर तोड्छौं–तोड्छौ, किसान एकता जिन्दावाद !