– विजय थापा
वाशिंगटन डिसी । फूलको आँखामा फूलै संसारबाट हरेक नेपालीको हृदयमा बास बस्न सफल भएकी सुमधुर स्वरकि धनी आनी छोइङ डोल्माको सांगीतिक कार्यक्रम आगामी अप्रिल २ तारिख शनिबार वाशिंगटन डिसीमा हुदैछ । सो कार्यक्रमको लागि आनी डिसी आई पुग्नु भएको छ ।
कुराकानी गर्ने क्रममा डिसी महानगर क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायलाई केहि भन्न चाहनु हुन्छ भने जिज्ञासामा डिसीबासि नेपाली समुदाय बीच गीत गाउन पाउँदा आफूलाई हर्ष लागेको बताउनु भयो ।
अमेरिकाको राजधानी वाशिंगटन डिसीमा गाउन मौका मिलेकोले आफूलाई आनन्द लागेको बताउदै नेपाली समुदायको उपस्थितिले झन् आफू उत्साहित भएको आनी छोईङ्गले बताउनु भयो ।
अमेरिकाको व्यस्त जीवनमा समय व्यवस्थापन गरि नेपाली दाजुभाई दिदीबहिनी सबैले प्रोत्सहान गर्नु हुने छ भन्ने आफूलाई लागेको बताउनु भयो । आनी भन्नु हुन्छ मेरो कार्यक्रम नेपाली नै आयोजना गर्ने भएकोले नेपाली समुदायले अझ सहयोग गर्नु हुने भन्ने आफूलाई लागेको बताउदै हौशला बढाई दिनु हुनेछ भन्ने कुरामा पूर्ण विश्वास लागेको बताउनु भयो ।















प्रतिक्रिया