१ कार्तिक २०८३, आइतबार

भारत खाएर ब्यारेक पसेका प्रहरी जवान माझी पंखामा भेटिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

suicide-lमोरङ, १७ चैत । विराटनगर–१५ स्थित सिआरभी केसलियामा कार्यरत प्रहरी जवान प्रभुकुमार माझी मङ्गलबार झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।

प्रहरी गण मुकाम रानी दरबन्दी भएका माझी सिआरभीकै ब्यारेकमा डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेको मोरङ प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

मोरङको लखन्तरी घर भएका माझी बिहान १०ः३० बजे सबै प्रहरी खाना खाएर ड्युटीमा गएपछि प्रहरी जवान माझी चुकुल लगाएर ब्यारेकभित्र पसेका थिए । पछि खोजी गर्दा ब्यारेक भित्रको पङ्खाको सिलिङमा डोरी लगाएर झुन्डिएको अवस्थामा मृत भेटिएका थिए ।

उनको शव परीक्षणका लागि कोसी अञ्चल अस्पताल विराटनगरमा राखिएको छ । घटनाबारे अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । रासस