२५ कार्तिक २०८३, बुधबार

तराई टुक्राउने भन्दै हिँड्ने सीके राउत काठमाडौंमा के गर्दैछन् ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

CK Raut Americanकाठमाडौं, १७ चैत । स्वतन्त्र मधेस गठबन्धनका नाममा तराईलाई नेपालबाट अलग गराई ‘मधेस देश’ गठनको अभियानमा लागेका डा.सीके राउत विशेष अदालतको चक्करकाट्दा काट्दै हैरान भएका छन् ।

तराईका जिल्लाका गरिव र सोझासाझा जनतालाई भ्रममा पारेर अलग देश बनाउने अभियानमा लागेका राउतको गतिविधिको खासै प्रभाव देखिएको छैन । तर उनले आफ्ना केही कार्यकर्ताहरूलाई देश टुक्र्याउने भन्दै गाउँगाउँ पठाउने, आफ्नो भाषणको भिडियो देखाउने आदि कार्य गर्दै आएका राउत यति बेला विशेष अदालतमा बयान दिएर दिन कटाउने गरेका छन् ।

डा.राउतको नेपाल टुक्र्याउने अभियान जोडदार रुपमा अगाडि नबढेपछि सुस्तसुस्त गतिलिन लागेको उच्च सुरक्षा स्रोतको भनाइ छ ।

डा.राउत काठमाडौं आएको आज बुधबार तीनदिन भइसकेको छ । आफ्नो बयानमा राज्यविरुद्धको अपराध गरेको छैन भनेर झुठो बयान दिने गरेर पटक पटक रिहा हुँदै आएका डा. राउतले यस पटक पनि विशेष अदालतमा बयान दिएका छन् ।

उनको बयानमा आफूहरू मधेसी जनताको स्वतन्त्रता र समान अधिकारका लागि शान्तिपूर्ण आन्दोलन गरेको बताउने गरेका छन् । तर उनको गतिविधि राज्यविरुद्धको अपराध अर्थात देश टुक्र्याउने गतिविधि गरेको प्रहरीको रिपोर्टमा उल्लेख रहेको स्रोतको भनाइ छ ।

अघिल्लो पटक देश टुक्र्याउने अपराध गरेको छैन भनेर माफी मागेर रिहा भएका डा.राउत यस पटक पनि त्यस्तै खालको झुठो बयान दिएर रिहा हुन कानुनी प्रावधान थुप्रै रहेको एक कानुन व्यवसायीले बताए । ती कानुन व्यवसायीले डा.राउतलाई राज्यविरुद्धको अपराध लगाएर आजीवन काराबास राख्नुपर्ने तर्क राख्छन् ।