३१ आश्विन २०८३, शनिबार

गाउँका देवरले आँखा लगाउँदा मधुले… (भिडियोसहित)

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

music

पोखरा । सुखदुःख श्रीमान श्रीमती मिलेर सँगै सामना गर्ने चाहना नहुने सायद कमै होलान ।

अझै गाउँघर छाडेर सबै बजार झरेपछि र आफ्नै गाउका देवरले समेत कुदृष्टीले हेर्न थाल्दा प्रदेशमा भएका श्रीमानलाई घर फर्कि आउ भन्न मन लाग्दो नै हो ।

यस्तै भएको छ लोकगायिका मधु चापागाईलाई पनि । गत बर्ष गाउँका सबै शहर पसेपछि गाउघर शुन्य भयो भन्दै गित गाएर चर्चा कमाउन सफल मधुले यसबर्ष त प्रदेशिएका श्रीमान्लाई गाउघरमै व्यपार थाल्ने बाख्रा पाल्ने भन्दै गीत मार्फत फर्कि आउन आग्रह गरेकि छिन ।

उनले घर शुन्य भो भाग २:- (बाख्रा पालम्ला) गीतमार्फत यस्तो आग्रह गरेकी हुन् । घरपरिवार छाडेर प्रदेशमा जीवन बिताईरहेका र प्रदेशिको आशमा बस्ने परिवारको बास्तविकतालाई घनश्याम रिजालले सिर्जना गरेका हुन ।

नेपाली लोकदोहोरी क्षेत्रमा विकृती छाईरहेको बेलामा समाजमा हुनेगरेको वास्तविक घटनालाई प्रस्तुत गरेको कारणले पनि अहिले नेपाली लोक सांगितिक क्षेत्रमा बाख्रा पालम्ला गीतले विशेष चर्चा कमाईरहेको छ । साथै यस गीतले प्रदेशमा दुख गरिरहेका नेपालीहरुलाई नेपालमै परिवारको साथमा रहेर पनि केही गर्न सकिन्छ भन्ने सन्देश दिएको छ ।

गीतमा शब्द सिर्जना घनश्याम रिजालको लय सिर्जना राजन कार्किको छ भने आवज मधु चापागाई र घनश्याम रिजालको रहेको छ । गायिका मधु चापागाई नेपालकै पहिलो अर्थ रेडियो सामुदायिक रेडियो सम्बृद्ध नेपाल ९२.६ मेगाहर्जमा लोकदोहोरी सम्बन्धि कार्यक्रम लोक धड्कन समेत चलाउदै आईरहेक छन ।

केही समय अगाडि बजारमा आएको गितको बजार व्यवस्थापन रक्षा म्युजिक प्रालिले गरेको छ । उक्त गितको म्युजिक भिडियो समेत निकै उत्कृष्ट बनेको छ ।

हेर्नुस् भिडियोः