२५ कार्तिक २०८३, बुधबार

भारतीय राजदूत रञ्जीत रे ले के सन्देश लिएर आए ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ranjit-ray-Indianकाठमाडौं, १६ चैत । भारतीय राजदूत रञ्जीत रे आज काठमाडौं फर्किएका छन् । केही दिनअघि सुटुक्क नयाँ दिल्ली गएका राजदूत रे आज काठमाडौं फर्किएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा गरेका विभिन्न सहमति र सम्झौतापछि भारत सरकारको नेपाल नीति असफल भएको चर्चासँगै भारतको आधिकारिक धारणा लिन दिल्ली पुगेका रे ले आधिकारिक धारणा लिएर फर्किएको बताइएको छ ।

भारतमा रहँदा रे ले विभिन्न तहमा छलफल गरेको बताइएको छ । उनले भारतीय विदेशमन्त्री सुष्मा स्वराज, प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोबेल र साउथ ब्लकका अधिकारीहरुसँग छलफल गरेको बताइएको छ ।

राजदूत रे ले भोलि प्रधानमन्त्री ओलीसँग भेट गर्ने बताइएको छ ।