काठमाडौं, १६ चैत । मुलुकको पछिल्लो राजनीतिक अवस्था र प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका विषयमा छलफल गर्न नेकपा (एमाले)को स्थायी समितिको बैठक बसेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरू भएको बैठकमा प्रधानमन्त्रीको चीन भ्रमणका विषयमा छलफल केन्द्रित रहेको स्रोतले जनाएको छ । बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्थामा पनि परामर्श हुनेछ ।
बैठकमा एमालेको विभागहरू गठनका विषयमा पनि छलफल हुन सक्ने एक नेताले बताए ।
संस्थापनले विभाग गठनमा चासो नदेखाएको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल समूहले विरोध गर्दै आएको छ ।












प्रतिक्रिया