
लामो संघर्षपछि नेपालमा दरबारको उन्मुलन भयो । आम नेपालीको साझा आन्दोलनका कारण दरबारले चलाउने राजनीतिको अन्त्य भएको थियो । हामीलाई थाहा छ, प्रत्येक दलका नेता राजाको दरबारमा छिरेर सत्तामा पुग्ने होडमा लाग्थे । मुलुकमा प्रजातन्त्र भए पनि त्यसको नीहित स्वार्थको उपयोग दरबारले नेतामार्फत् गरेको थियो । राजाको चरणमा दाम चढाउने र सरकारको प्रधानमन्त्री बन्नु प-यो भन्ने पाउ स्पर्सको इतिहास लामो छैन । तर, त्यो धेरै समय टिक्न सकेन । पाउ राजनीतिबाट हामी दशकअघि मुक्त भयौं, आन्तरिक रुपमा । तर, त्यसको निरन्तरताबाट मुक्त हुन सकेनौं । एउटा दरबारको इतिहास खत्तम पारियो तर मुख्य दरबारको इतिहास नामेट हुन सकेन । अहिले महामहिम लैनचोर दरबारमा विराजमान रणजित रायको चरणमा नेपालको संक्रमणकालीन राजनीतिको चाबी बनाउने दुस्प्रयास भइरहेको छ ।
आन्तरिक विषयको हारगुहार गर्न भारतीय दूतावास पुग्नेहरु के मुलुक विरोधी हुन् ? बहुमत जनताको भावना विरोधी होइनन् ? अपुताली परेर मन्त्री पड्काएका उनीहरु रंगभेदी होइनन् ? ५८ जना साधारणको हत्याको उक्साहट गरी विदेशीको इशारामा नाच्ने यीनिहरु दलाल होइनन् ? उखुको ठेकेदारी गर्दागर्दै राजनीतिमा लाभ लिन छिरेका अकुत सम्पत्ति थन्काउने विचराहरु पीडित हुन् ? ६० वर्षदेखि रंग र क्षेत्रका आधारमा बारम्बार सार्वजनिक पदको लाभ उठाएर परिवार पोस्नेहरु अधिकारका प्रणेता नै हुन् त ?
यही साता संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आवद्ध दलका नेताहरु लैनचौर दरबारमा रायको चरणमा आफ्ना एजेन्डा र रणनीति बोकेर पुगेका थिए । यो लज्जाको विषय त हो नै, मधेसी जनताको अधिकारको आन्दोलनमा मुलुकमा भएको आन्तरिक संघर्षको तौहिन पनि हो । हुन त मधेसी दलहरुलाई उनको यो आचरणको आलोचना मन नपर्न सक्छ । उनीहरुलाई यो आचरणबाट मुक्त भएर इतिहासले सम्मान गर्ने आन्दोलन, जनताको मतको कदर गर भन्दा आपत्ति हुनसक्छ । मधेसमा अन्य दलहरुलाई निषेध गर्ने सडक आन्दोलन गरी काठमाडौंमा लैनचोरमा लम्पसार गर्ने प्रवृत्तिको राजनीतिको आयु कति समय हुन्छ भन्न सकिन्न । तर, राम्रो सन्देश पटक्कै होइन । मधेसका जनताले समान अधिकारको उपभोग गर्न पाउनुपर्छ । किनभने मधेस हाम्रो देश हो । देशभित्रका जनता हुन् तर त्यसको न्यायको चाबी रायको चरणमा छ त ? यसो भन्दा स्मरणमा आउँछ एक मधेस अभियन्ताको भनाई । पत्रकार तथा मधेस अधिकारका अभियन्ता राजेश अहिराजले अनौपचारिक कुराकानीका क्रममा भन्थे, ‘तपाईं मधेसका जायज अधिकारका विषयमा लेख्नुस्, तपाईंलाई राजनीतिक दलका कार्यकर्ता भन्नेछन् यो साइजमा आयो । तपाई मधेस आन्दोलनले दिएको कष्टका बारेमा लेख्नुस् तिनैले भन्नेछन्, यो मधेसविरोधी खसवादी हो ।’
यदी अहिराजको तर्कको कोण सही हो भने मलाई गद्दारको उपमा लिन कुनै आपत्ति छैन । तर, म मेरो देशका राजनीतिक दलका नेताहरुको शीर सामुहिक रुपमा एउटा देशको प्रतिनिधिको चरणमा झुकेको हेर्न कदापी सक्तिन । स्वाभिमानको इतिहास बोकेका हामी नेपालीको इतिहासको दर्पण बेलायती राजकुमार ह्यारीले झस्काएका छन् । जसका पुर्खाले लैनचोर दरबारमा बसेका महामहिमको मुलुकमा लामो समयसम्म राज्य चलाएका थिए । तिनको व्यवहार विश्वका प्रजातान्त्रिक मुलुकभन्दा उदार तर त्यसैबाट मुक्त हुनका लागि नेपाली नेताहरुको पनि सहयोग रहेको आन्दोलनबाट स्वतन्त्रता हासिल गरेको मुलुकका एक प्रतिनिधिको व्यवाहार चाहिँ हामीले उन्मुलन गरेको दरबार जस्तो, अनि हाम्रा नेताहरुको लम्पसार पर्ने बानी कहिलेसम्म देख्नुपर्ने ?
हुन त नेपालका कुनै पनि राजनीतिक दल दूतावासको रणनीतिभन्दा बाहिर जान सकेका छैनन् । तर, खुला रुपमा नै दुतावास पुगेर आफ्नो राजनीतिक एजेन्डाबारेको व्रिफिङ भने सुहाउँदो लाग्दैन । खासगरी मधेसी दलका नेताहरु दूतावास पुग्नुले नेपाली राजनीतिक दलको हैसियतलाई एउटा राजदूतले सिधै अवहेलना गरेको महसुस भएको छ । चीनका राजदूत महन्थ ठाकुरको घर पुगेर राजनीतिक अवस्थाबारे बुझ्छन् । तर, महन्थ ठाकुर भारतीय राजदूतको कार्यालयमा किन पुग्छन् ? जे भए पनि नेपालको क्षेत्रीय आन्दोलनको आह्वान गरेका दलहरु नेपाली दल हुन् । उनको इज्जतिलो हिस्सा हामीले संसद्मा देखेका छौं । मधेस आन्दोलनको एजेन्डा नै बुझ्नपरे राजदूत प्रत्येक दलका प्रत्येक नेताको कार्यालय वा घरमा कुटनीतिक रुपमा भेट्न पुग्नुपर्ने हो तर यहाँ हाम्रा मधेसी नेताहरुले त कुटनीति मर्यादालाई आफैंले राजदूत रायको पाउमा राखिदिए, यसले मधेसको मात्र होइन नेपालकै इज्जतको पनि धज्जी उडाएको अनुभुती भइसकेको छ ।
अझ पनि म मोर्चामा आवद्ध भएका नभएका दलका नेताहरुसँग अपील गर्छु । राजनीति मुलुकभित्र गर्ने चिज हो । समस्या हामीभित्र छ, हामीले समाधान गर्नुपर्छ । विदेशीको सहयोग र समन्वयको खाँचो पनि हुन्छ तर हस्तक्षेप कदापी सह्य हुँदैन । तपाईको राजनीति ठाडो हस्तक्षेपका लागि अपिल गरिरहेको छ । राजदूत नेपालको समस्या देखेर तपाईंको आगनमा छिर्नुपर्ने, एक एक गरी तर तपाईहरु राजदूतको आगनमा सामुहिक रुपमा छिर्दा मधेसका विषयमा आम जनमानसमा जे भ्रमहरुको जालो कायम छ, त्यसलाई बल पुग्नेगरी हर्कत नदेखाउनुहोस् ।
स्वभाविक रुपमा मधेसका केही ठालू ठेकेदारहरुलाई लाग्छ, आन्तरिक मामलाको विषयमा भित्र बसेरै समाधान खोजौं भन्दा मधेस विरोधी भइन्छ । तर, म यस्ता ठालूहरुलाई प्रश्न गर्छु– आन्तरिक विषयको हारगुहार गर्न भारतीय दूतावास पुग्नेहरु के मुलुक विरोधी हुन् ? बहुमत जनताको भावना विरोधी होइनन् ? अपुताली परेर मन्त्री पड्काएका उनीहरु रंगभेदी होइनन् ? ५८ जना साधारणको हत्याको उक्साहट गरी विदेशीको इशारामा नाच्ने यीनिहरु दलाल होइनन् ? उखुको ठेकेदारी गर्दागर्दै राजनीतिमा लाभ लिन छिरेका अकुत सम्पत्ति थन्काउने विचराहरु पीडित हुन् ? ६० वर्षदेखि रंग र क्षेत्रका आधारमा बारम्बार सार्वजनिक पदको लाभ उठाएर परिवार पोस्नेहरु अधिकारका प्रणेता नै हुन् त ?
असामान्य क्षेत्रीय झुन्डहरुका कारण असली मधेस र मधेसीले न्याय पाउन सकेका छैनन् । मधेसको ठेक्का यीनले लिएको र राज्यले पनि यीनलाई नै ठेकेदार मानिदिएका कारण अहिले राजनीति धुमिल देखिएको छ । जनता मरिरहेका छन् । मधेसका जनतासँग सरकार सिधै जोडिने र त्यहाँको अधिकारलाई सुरक्षित गरिदिने हो भने दलालहरुबाट उम्किन्छ, मधेस । जनता सार्वभौम हुनेछन् र तिनले निर्णय दिनेछन्, तिनले जनादेश दिनेछन् को कस्तो हो भन्ने विषयमा ।
समय घर्किसकेको छैन । अझ पनि म मोर्चामा आवद्ध भएका नभएका दलका नेताहरुसँग अपील गर्छु । राजनीति मुलुकभित्र गर्ने चिज हो । समस्या हामीभित्र छ, हामीले समाधान गर्नुपर्छ । विदेशीको सहयोग र समन्वयको खाँचो पनि हुन्छ तर हस्तक्षेप कदापी सह्य हुँदैन । तपाईको राजनीति ठाडो हस्तक्षेपका लागि अपिल गरिरहेको छ । राजदूत नेपालको समस्या देखेर तपाईंको आगनमा छिर्नुपर्ने, एक एक गरी तर तपाईहरु राजदूतको आगनमा सामुहिक रुपमा छिर्दा मधेसका विषयमा आम जनमानसमा जे भ्रमहरुको जालो कायम छ, त्यसलाई बल पुग्नेगरी हर्कत नदेखाउनुहोस् । तपाईहरुको विगतको सत्तालोलुपता, सत्तालिप्सा चेहरा र ४ महिनासम्म गरेको मधेस आन्दोलनपछिको कमजोर र मलिन्द्र चेहरा सवैका आँखा सामु छर्लंग छ । यसर्थ समय बाँकी छ, हस्तक्षेपलाई निम्त्याउनुभन्दा जनतामा संविधानका विषयमा कुरा बुझाउँदै, संविधान संशोधनका लागि प्रजातान्त्रिक अभ्यासमा नै सुझबुझपूर्ण सक्रियता देखाए त्यसले राजनीतिक भलो हुने दिन आउन सक्ला ।















प्रतिक्रिया