काठमाडौं, १६ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारमा जान कुनै हतार नभएको बताउनुभएको छ ।
बुढानीलकण्ठस्थित देउवा निवासमा बधाई तथा शुभकामना दिन पुगेका राष्ट्रिय मुस्लिम गठबन्धनका प्रतिनिधिहरुसँग सभापति देउवाले आफ्नो दललाई सरकारमा सहभागी हुन हतार नभएको बताउनुभयो । उहाँले तत्काल सरकारमा जाने सोच समेत कांग्रेसले नबनाएको बताउनुभयो ।
सभापति देउवाले संविधानले सबै समुदायलाई समान व्यवहार गरेको भए पनि त्यसमा देखिएका केही असन्तुष्टि वार्ता र संवादबाट टुंगो लगाउन सकिने बताउनुभयो । सबै समुदायलाई समान अधिकार दिने विषयमै आफ्नो दलले पहल गर्ने उहाँको भनाइ थियो ।












प्रतिक्रिया